चीनद्वारा उत्पादित भ्याक्सिनको परीक्षण अन्तिम चरणमा, सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण फैलिरहेको ठाँउमा परिक्षण गरिने



एजेन्सी-चीनद्वारा उत्पादित ‘कोरोना बैंक’ नाम दिइएको भ्याक्सिनको परीक्षण अन्तिम चरणमा पुगेको छ । चिनको सिनोवैक बायोटेक लिमिटेडले मंगलबार भ्याक्सिनको ह्युमन ट्रायल (मानव परीक्षण) को अन्तिम चरणको सुरुवात गरेको हो । समाचारमा जनाइए अनुसार यो इन्डोनेसियाको सरकारी कम्पनी बायो फर्मासँग मिलेर बनाइरहेको यस भ्याक्सिनलाई इन्डोनेसियाकै १ हजार ६ सय २० जना संक्रमितहरुमाथि ट्रायल गरिने भएको छ ।

सिनोवैकको इन्डोनेसिया ट्रायल क्षिणपूर्वी एसियाको सबै भन्दा बाक्लो बस्ती भएको देशमा तीब्र रुपमा कोरोना भाइरसको संक्रमण फैलिरहेको ठाँउमा हुने छ । मंगलबारसम्ममा त्यहाँ एक लाख २७ हजार भन्दा बढी कोरोना संक्रमितहरु रहेका छन् । यो ६ महिनासम्म चल्नेछ ।

भ्याक्सिन ट्रायलको लञ्चको अवसरमा इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले भने ‘जनवरीसम्ममा हामीले यस भ्याक्सिन बनाउन सफल हुन्छौं भन्ने आशा छ । त्यसपछि मुलुकका सबैलाई दिन पनि सक्छौं ।’

Comment