काठमाडौँका नागरिकहरुले लापरवाही र सरकारले बेवास्ता गर्दा एकैदिन १३४ जनामा कोरोना संक्रमण



काठमाडौँ । नेपालमा मंगलबार ठूलो संख्यामा कोरोना संक्रमित फेला परेकामा काठमाडौँ उपत्यकामा मात्रै १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौँमा मात्रै १ सय १०, ललितपुरमा १६ जना र भक्तपुरमा ८ जनामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा जानकारी दिएका हुन् ।

त्यस्तै नेपालमा देशभर आज ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २३ हजार ९४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा जानकारी दिएका हुन् ।

यसैबिच पछिल्लो २४ घण्टामा नेपालमा १ सय ७१ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । योसँगै नेपालमा अहिलेसम्म १६ हजार ६ सय ६४ जनाले कोरोनालाई जितेर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Comment