आज चर्चित नायिका ज्याकलिनको जन्मदिन



एजेन्सी । भारतीय चर्चित कलाकारहरु हिजोआज आफ्नो जन्मदिन मनाउन विदेशका होटल र रमणीय स्थलहरुमा जानु अनिवार्य जस्तै भइरहेको छ ।

गत वर्ष श्रीलंकाको समुन्द्री किनारमा पुगेर ज्याकलिनले केक काटेर बबाल नै गर्दै जन्म दिन मनाएपनि यो वर्ष भने लकडाउन र कोरोनाकहरका कारण कलाकारहरुले भने जसरी जन्मदिन मनाउन पाएका छैनन् । जन्मदिन सामाजिक संजालमा मनाएका कलाकारहरुलाई बधाईको ओइरो भने लागेको छ ।

जन्मदिनको अवसरमा ज्याकलिनलाई सलमानले विशेष तरिकाले शुभकामना दिएका छन् । सलमानले इस्टाग्राममा ह्याप्पी बर्थ डे ज्याकी भनेर मायालु शब्द प्रयोग गर्दै ज्याकलिनका हातमा आफ्ना हातले स्पर्श गरिरहेको टाँसीएको तस्विर पोष्ट गरेका छन् । जुन तस्विर सामाजिक संजालमा भाइरल बनिरहेको छ ।

गत वर्ष ज्याकलिनले श्रीलंकाको समुन्द्री किनारमा पुगेर ज्याकलिनले केक काटेर बबाल नै गरेकी थिइन् । आफूलाई श्रीलंकाको समुन्द्र गज्जब लाग्ने भएकाले केक काट्न सो स्थानलाई रोजेसँगै उनले आफन्त र साथीभाईका बिच रमाउँदै केक काटेको दृश्यले औधी चर्चा बटुलेको थियो । उनले समुन्द्री किनारमा स्विमसुटमा बोल्ड तस्वीर खिचाएर अविस्मरणीय बर्थडेको संज्ञा दिएकी थिइन् ।

Comment