अवको चुनावमा एमालेलाई ५५ प्रतिशत मत र ५५ प्रतिशत संसद सिट आवश्यक छ : ओली — OSNepal

अवको चुनावमा एमालेलाई ५५ प्रतिशत मत र ५५ प्रतिशत संसद सिट आवश्यक छ : ओली

LC (KTM) October 20, 2021 0

काठमाडौं ३ कात्तिक । पुर्व प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार एनआरएनसँग लडिरहेको बताउँदै एमालेसँग चुनावमा लड्न नसक्ने दावी गरेका छन् ।

आफुसँग प्रतिस्पर्धा गर्न माधव नेपािल र प्रचण्डको पार्टी लायक नभएको बताएका उनले नेपाली कांग्रेसले समेत एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने बताएका छन् ।

वागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्षले ओलीले एनआरएनको चुनावमा झन सहयोगी बन्नुपर्नेमा एनआरएनको चुनाव नै रोकेर सरकार एनआरएनसँग लडिरहेको टिप्पणी गरेका छन् ।

बैठकमा ओलीले अवको चुनावमा एमालेलाई ५५ प्रतिशत मत र ५५ प्रतिशत संसद सिट आवश्यक रहेको बताएका उनले हाम्रो गल्तीले कोही कसैले जिते मात्र, नत्र अरुले जित्नुपर्ने कारण नै छैन भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर