दिल्ली–मुम्बई फ्लाइटको प्लेन भित्रै नायिका माथि खराब स्पर्श , एक बिजनेसम्यान पक्राउ — OSNepal

दिल्ली–मुम्बई फ्लाइटको प्लेन भित्रै नायिका माथि खराब स्पर्श , एक बिजनेसम्यान पक्राउ

LC (KTM) October 20, 2021 0

गाजियाबादका एक बिजनेसम्यान तथा कारोबारीलाई मुम्बईको फ्लाइटमा एक अभिनेत्रीलाई छेडछाड गरेको तथा खराब स्पर्श गरेको आरोपमा पक्राउ गरिएको छ । पुलिसलाई दिइएको आफ्नो उजुरीमा ४० बर्षिया एक अभिनेत्रीले आरोप लगाएकी छिन् कि उनी ३ अक्टोबरमा दिल्ली देखी मुम्बई सम्म प्लेनमा यात्रा गरिरहेकी थिईन् त्यतिबेलै उनी माथि यौन दुब्र्यवहार भएको बताएकी छिन् ।

अभिनेत्रीका अनुसार जब उनको बिमान छत्रपति शिवाजी महाराज अन्र्तराष्ट्रिय टर्मिनलमा उत्रिईन् उनी ब्याग निकाल्नका लागि ओभरहेड स्टोरेज खोल्नका लागि उठिन् यसैबेला उनलाई लाग्यो कि आफुलाई कसैले गलत तरिकाले छोईरहेको छ । यसैक्रममा अभिनेत्रीले कडा प्रतिक्रिया जनाईन् र केबिन क्रूमा उजुरी दर्ता गरिन् । केबिन क्रुले अभिनेत्रीलाई मेल बाट उजुरी दिन भने । यसपछि अभिनेत्रीले बर्साेवा थानामा गएर आरोपीका बिरुद्ध केस दर्ता गर्ने कोशिस गरिन् तर त्यहाँ बाट उनलाई शहर एयरपोर्ट थाना जान भनिएको थियो ।

अभिनेत्री रिसाएको देखेर आरोपीले माफी पनि मागेका थिए । प्लेनको क्रुले अभिनेत्रीको मेलमा गरिएको उजुरी शहर एयरपोर्ट पुलिस स्टेशन पठाइएको थियो । यस मामलाको जाँच सुरु गरे लगत्तै पुलिसले नितिन नामका एक ब्यक्ति बिरुद्ध उजुरी दर्ता गरेको थियो । यसपछि सोमबार ति आरोपीलाई नियन्त्रणमा लिएर स्थानीय अदालतमा पेश गरिएको थियो । जहाँ बाट उनलाई हिरासतमा पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर