माछापुच्छ्रे बैंकका कर्मचारीमा कोरोना देखिपछि बैँक सिल



काठमाडौं । देशभर कोरोनाको महामारी बढीरहेका बेला बैँकमा कार्यरत कर्मचारीमा पनि संक्रमण बढ्दो छ । देशभरका अस्पतालका कर्मचारीमा ठूला संख्यामा संक्रमितहरु फेला परिरहेका बेला माछापुछ्रे बैंक लिमिटेडका एक कर्मचारीमा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।

कोरोना संक्रमित हुनेमा माछापुछ्रे बैंकको जनकपुर शाखाका रहेको बताइएको छ । कोरोना संक्रमित बिरामीलाई आइसोलेसनमा राखेर उपचारको तयारी गरिएको छ । ति कर्मचारीको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बैंकको शाखामा सिल गरिएको छ । समुदायस्तरमा नै कोरोना भयाभह बनेका बेला सरकारले प्रभावकारी पहल नचाल्ने हो भने स्थिती असामान्य हुने विज्ञहरुले चेतावनी दिएका छन् ।

Comment