कोरोनाको उच्च जोखिममा काठमाडौँ, आज मात्रै थप १ सय २७ जनामा देखियो कोरोना, भयो खतरा




काठमाडौं, साउन २९ । काठमाडौँ उपत्यकामा आज १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौँमा १११, ललितपुरमा ११ तथा भक्तुरमा ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय २५ जनामा कोरोना संक्रमण देखिएको छ ।

यो सहित गरेर नेपालमा कुल २४ हजार ९ सय ५७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । त्यस्तै बिहिबार १ सय ९ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा थप १ सय ९ जना जनाले कोरोनालाई जितेर फर्किएसँगै नेपालमा कोरोनालाई जितेर घर फर्कने मानिसको संख्या १६ हजार ८ सय ३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै नेपालमा ९५ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन् । नेपालमा पछिल्लो २४ घण्टामा ४ जनाले ज्यान गुमाएसँगै मृतकको संख्या ९५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएाके छ ।

Comment