बाढी पीडितलाई एक महिनाको तलब दिने इटहरीका मेयर द्वारिकलाल चौधरीको घोषणा — OSNepal

बाढी पीडितलाई एक महिनाको तलब दिने इटहरीका मेयर द्वारिकलाल चौधरीको घोषणा

LC (KTM) October 20, 2021 0

केही दिन यता परेको अबिरल बर्षा संगै आएको बाढीले धेरैको जनधनको क्षती पु¥याएको छ । यसैक्रममा इटहरी उपमहानगरपालिकाको आकस्मिक कार्यपालिका वैठकले वाढि पीडितको राहत र उद्धारमा कुनै कसर वाँकी नराख्ने निर्णय गरेको छ । वैठकले उपमहानगर पालिकाका जनप्रतिनिधि,कर्मचारी र शिक्षकले सात दिनको पारिश्रमिक विपद राहत कोषमा जम्मा गर्ने निर्णय गरेको नगरस्तरीय विपद ब्यवस्थापन समितिका सदस्य सचिव पुष्प चौधरीले जानकारी दिए ।

नगरप्रमुख द्वारिकलाल चौधरीले एक महिनाको तलव जम्मा गर्ने घोषणा गरे । कार्यपालिकाको वैठकले वाढीका कारण इटहरीमा ज्यान गुमाउनेका परिवारलाई किरिया खर्च वापत २५ हजार उपलब्ध गराउने निर्णय गरेको छ । यसैगरी वडाहरुमा पीडितका लागि लत्ता कपडा र मेस सञ्चालन गर्न सवै वडालाई एकलाखका दरले पेश्की उपलब्ध गराइने भएको छ । वाढिले भत्काएका वाटो,कल्भर्ट तत्काल मर्मत गरिने भएको छ । वैठकद्वारा उद्धार तथा राहत कार्यमा जुटन सम्पूर्णमा आग्रह गरिएको छ ।

यसअघि दिउसो वंैक तथा वित्तीय सस्थाहरुसँगको वैठकमा वैक तथा वित्तीय सस्थाहरुले राहतकोषमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन । वैठकमा नगरप्रमुख द्धारिकलाल चौधरीले वाढीपीडितहरुका लागि सहयोगका लागि वैक तथा वित्तीय सस्थाहरुका प्रतिनिधिहरुलाई आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर