OSNepal बिहिबार, मंसिर २३ २०७८

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान तत्कालै नछुट्ने, यसकारण हिरासत बसाई लम्बिने पक्का

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान तत्कालै नछुट्ने, यसकारण हिरासत बसाई लम्बिने पक्का

  • OSNepal
  • बुधबार, कार्तिक ३ २०७८


बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान तत्कालै नछुट्ने, यसकारण हिरासत बसाई लम्बिने पक्का
Reading Time: < 1 minute

काठमाडौं, ३ कात्तिक – बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान नछुट्ने भएका छन् । मंगलबार मुम्बईस्थित एनडीपीसी कोर्टमा भएको सुनुवाइमा जमानत याचिका खारेज गरिएको हो ।

आर्यनसँगै उनका साथीहरू अरबाज मर्चेन्ट र मुनमुन धमेचाको पनि जमानत रद्द भएको हो । एनसीबीले मुम्बईस्थित एनडीपीसी कोर्टमा ह्वाट एप्स च्याट पेस गरेको थियो ।

क्रुज ड्रग केसमा आर्यनसहित उनका आठ जना साथीलाई एनसीबीले प्रकाउ गरेको छ । अब शाहरुखका वकिलले आर्यनको जमानतका लागि हाई कोर्टमा अपिल गर्ने तयारी गरेका छन् । यस अगाडि पनि गत ७ अक्टोबरमा आर्यनको जमानतको अपिल मुम्बईस्थित किला कोर्टले खारेज गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड