ओलीको संयोजकत्वमा अस्ट्रेलियाबाट मृगौला पीडित घर्ति मगरलाई पचास हजार सहयोग, थप सहयोगको लागी अपिल



रोल्पा थवाङका मृगौला पीडित विकल घर्ति मगरलाई अस्ट्रेलियामा बसोबास गर्दै आएका रोल्पालीहरुले पचास हजार रुपैया सहयोग गरेका छन । थवाङ २ रोल्पा स्थायी घर भई हाल बाग्लुङको ग्रामीण भेगमा शिक्षण पेशा गर्दै आउनुभएका वर्ष ३१ का विकल घर्ति मगर विगत लामो समय देखि मृगौला दिर्घ रोघ (Chronic Kidney Disease) बाट ग्रसित हुनुहुन्छ। पहिले नै एउटा मृगौलाले काम गर्न छाडे पनि आर्थिक अवस्था एकदमै कमजोर भएकाले २ जना स-साना छोरीहरु र परिवार पाल्नका लागि रोग संग लढ्दै आफ्नो पेशालाई निरन्तरता दिदै आउनु भएका विकल घर्ति मगर को अहिले अर्को मृगौलाले पनि काम गर्न छोडेको छ।

हाल काठमाडौंको वीर अस्पतालमा निरन्तर डायलसिस उपचार गराईरहनु भएको छ। उहालाई हामी रोल्पालीले बिदेशी भूमीबाट सानो सहयोग भए पनि गरौँ भनेर सहयोग उठाउन सुरु गरेका थियौं। जस अन्तर्गत शनिवार रु ५०००० नेकपा माओवादी केन्द्रका पूर्व पोलिट्ब्युरो सदस्य तथा हाल नेकपा (माओबादी) का संयोजक बिमल अधिकारीले हस्तान्तरण गरेको सम्राट ओलीले जानकारी दिएका छन।

यसले पीडितलाई सहयोग मात्रै भएको छैन की हामी रोल्पालीलाई प्रवासमा एकजुट बनाउन सहयोग गरेको छ भन्दै ओलीले सम्पूर्ण सहयोगी दाताहरुलाई एकमुष्ट हृदय देखि आभार प्रकट गर्दै थप सहयोगको लागी ओलीले हार्दिक अपील गर्नु भएको छ।

Comment