नेपालमा आज एकै दिन कोरोनाबाट ३ जनाले ज्यान गुमाए



काठमाडौं, साउन ३१ । नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ सय २ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ जनाले ज्यान गुमाएसँगै ज्यानग गुमाउनेको संख्या १ सय २ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४६८ जनामा कोरोना संक्रमण देखिएको छ । । त्यस्तै नेपालमा शनिबार १ सय २४ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा १ सय २४ जनाले कोरोनालाई जितेर फर्किएसँगै नेपालमा कोरोनालाई जितेर घर फर्किनेको संख्या १७२२४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कारोना संक्रमित चिकित्सकलाई दुब्र्यबहार गरेमा कारवाही हुने चेतावनी दिएका छन । चितवनको बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेलाई आइतबार कोरोना संक्रमण पुष्टि भएपछि स्थानीयले घरमा नै गएर दुब्र्यबहार गरेपछि उनको नाम नलिई मनलयले यस्तो चेतान्वनी दिएको हो ।

Comment