नेपालमा कोरोनाबाट थप १ जनाको मृत्यु



वीरगन्ज । नेपालमा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–२० अठराहा सुगौलीका ४७ वर्षीय पुरुष रहेका छन् ।

उनलाई शनिबार बिहान स्वास्थ्य बिग्रिएपछि परिवारले नारायणी अस्पताल पुर्याए लगत्तै उपचारका क्रममा उनको मृत्यु भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा।मदन कुमार उपाध्यायले जानकारी दिए ।

डा उपाध्यायका अनुसार उनको नाक र मुखबाट रगतसमेत निस्केको थियो ।

अस्पतालको आकस्मिक कक्षमा ल्याएको केही समयमै ती पुरुषको मृत्यु भएका उनको शनिबार अपराह्न्नपछि रिर्पोट पोजेटिभ आएको हो ।

यसअघि आज स्वास्थ्य मन्त्रालयले मृत्यु हुनेको संख्या १०२ भएको पुष्टि गरेको थियो भने यो सँगै ज्यान गुमाउनेको संख्या १ सय ३ पुगे पनि वीरगञ्जका पुरुषको मृत्यु पुष्टि हुन भने बाँकी नै रहेको छ ।

Comment