कृएटिभ होम केयर द्वारा (Creative Home Care) स्वास्थ्य सामाग्री लगायत खाध्यान्न वितरण



हाल विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसले धेरै मानिसको जनजीवनलाई निकै कष्टकर बनाई रहेको छ । विशेष गरी बृद्ध बृद्धा र स्वास्थ्य स्थिती कम्जोर भएका व्याक्तीहरुमा यसको संक्रमण बढी देखिएको पाईन्छ ।अमेरिकामा भने यसको असर निकै गम्भिर रहेको छ । यो रोगको फैलावटलाई रोकथामका लागि विभिन्न राज्यका सेवा प्रधान स्वास्थ्य संघ संस्थाहरुले सक्दो प्रयास गरीरहेको पाईन्छ ।
यसै शिल्शिलामा पेन्सल्भेनिय राज्य स्थित रहेको एक संस्था कृएटिभ होम केयरले (Creative Home Care)आफ्ना सम्पूर्ण सेवाग्राहीको स्वास्थ्य स्थितिलाई मध्य नजर गरी स्वास्थ्य सामाग्री लगायत खाध्यान्न वस्तुहरु वितरण गरेको छ । उक्त वितरण कार्यक्रम अगष्ट १४,२०२० का दिन सम्पन्न भएको हो । Creative Home Care LLCका कर्मचारी भन्छन “स्वास्थ्य नै जिवनको महत्वपूर्ण कुरा हो र हरेक व्याक्तीले स्वास्थ्य रहेर जिउन पाउनु मौलिक अधिकार हो, तसर्थ स्वास्थ्यको जोखिममा रहेका हाम्रा सेवाग्राहीलाई सहयोग गर्नु नै हाम्रो संस्थाको मूल उद्देश्य रहेको छ” । सेवा वितरण कार्यक्रममा 40LB बास्मती चामल्, 4lb हरियो केराउ, दाल्,4lb काला चना, 14g जिरा मसला, 14g हल्दी, 2lb चियापत्ती, 1lb चिनी, नुन , बदामको पेय पदार्थ,१ बोतल तोरी तेल,रमपम , आलु भुजिया, थुक्पा लगायत स्वास्थ्य सामाग्री १ थान face mask ५० वटा, एक बक्स पन्जा 100 counts, 500mlको ह्यान्ड स्यानिटाइजर, १ बोतल Tylenol 100 counts र एक थान Hydrocortisone हरेक कर्मचारी र सेवाग्राहीलाई वितरण गरिएको थियो ।
उक्त सामाग्री वितरण कार्यक्रमबाट ११०० भन्दा बढी सेवाग्राही र कर्मचारी लावान्वित भएका छन ।संस्थाका निर्देशक नबिन्द्र आचार्यले यस कार्यक्रमबाट यस्तो महामारीको अवस्थामा सेवाग्राहीले निकै राम्रो राहत पाएको उल्लेख गर्नुभएको छ । सो कार्यक्रम Swatara Township Commissioner Tom Connolly, Swatara Police Department लगयत संस्थाका प्रोप्राइटर  Bhuwani Koirala, HR Manager Abhi Neupane, Office Manager Yadu Niraula, Mitra Dhimal, Bhuwani Mahat, Krishna Khadka, Govin Acharya, Laxu Dhamala, General Manager Udaya Acharya साथै अन्य विशिष्ट व्याक्तीहरुको उपस्थितिमा 5620 Derry St. Harrisburg, PA 1711मा सम्पन्न भएको हो ।
Creative Home Care स्वास्थ्य सामाग्री लगायत खाध्यान्न वस्तुहरु वितरणक्रमका केहि झलकहरु
P:C – Netra Acharya
Comment