अनलाइन कक्षा पढ्दापढ्दै मोबाइल पड्किएपछि ११ वर्षीय विद्यार्थीको जलेर मृत्यु, पड्किएको मोबाइल र चार्जर प्रहरीले जाँच गर्ने — OSNepal

अनलाइन कक्षा पढ्दापढ्दै मोबाइल पड्किएपछि ११ वर्षीय विद्यार्थीको जलेर मृत्यु, पड्किएको मोबाइल र चार्जर प्रहरीले जाँच गर्ने

LC (KTM) October 21, 2021 0

हनोई-अनलाइन कक्षा लिने क्रममा भियतनामा एक बालकको मोबाइल फोन बिस्फोट हुँदा मृत्यु भएको छ । नेग्ही प्रान्तमा घरबाट अनलाइन कक्षा लिने क्रममा पाँच कक्षामा पढ्ने ११ वर्षीय बालकको मृत्यु भएको हो ।

उनले मोबाइल चार्ज गर्दै कक्षा लिएका थिए । बिस्फोटलगत्तै बालकको शरीररमा आगो सल्केको थियो । जलेर गम्भीर घाईते उनको उपचारका क्रममा मृत्यु भएको हो ।उनको मृत्यु बारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । प्रहरीले पड्किएको मोबाइल र चार्जर जाँच गर्ने भएको छ । मृत्युपछि स्थानीय शिक्षा अधिकारी ती बालकको घरमै पुगेका थिए ।

कोभिड संक्रमण बढेपछि भियतनाममा विद्यालयको पठनपाठन पुनः अनलाइनबाट हुन थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर