पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको कमला नदी पुलको अर्को स्पान पनि भासियो — OSNepal

पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको कमला नदी पुलको अर्को स्पान पनि भासियो

LC (KTM) October 21, 2021 0

सिरहा, ४ कात्तिक । सिरहा र धनुषा जोड्ने हुलाकी सडक अन्तर्गतको कमलानदीको पुलको तेस्रो पिलर (स्पान) पनि भासिएको छ ।

लगातारको वर्षाले कमला नदीमा आएको बाढीले केही महिनाअघि मात्रै पप्पु कन्स्ट्रक्सनले निर्माण सम्पन्न गरेको पुलको अर्को स्पान पनि बुधबार भासिएको हो ।

बुधबार मध्यान्ह धनुषातर्फको ३ नम्बर पिलर भासिएको सूचना प्राप्त भएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बास्तोलाले जानकारी दिए ।

‘पुलको पिलर भासिएको सूचना आएको छ, कमला सिँचाइ आयोजना र सुरक्षाकर्मीलाई निरीक्षण गर्न भनेका छौं’, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर