कञ्चनपुरमा जङ्गली हात्ती भगाउन नेपाली सेनाको टोली परिचालन गरियो — OSNepal

कञ्चनपुरमा जङ्गली हात्ती भगाउन नेपाली सेनाको टोली परिचालन गरियो

LC (KTM) October 21, 2021 0

जङ्गली हात्तीको बथान भगाउन शुक्लाफाँटा नगरपालिकामा सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ । किसानका खेतमा छिरेर धानबाली, उखुलगायत खाएर नोक्सानी गर्ने र मानवीय क्षतिसमेत गर्न थालेपछि हात्ती भगाउन सुरक्षाकर्मीको टोली परिचालन गरिएको हो ।

नगरप्रमुख दिलबहादुर ऐरका अनुसार हात्ती प्रभावित क्षेत्रमा प्रहरी, सशस्त्र प्रहरी, निकुञ्ज सुरक्षार्थ नेपाली सेनाको टोली परिचालन गरिएको छ । हात्ती नियन्त्रणका लागि सुरक्षा निकायका २५ जनाको संयुक्त टोली परिचालन गरिएको छ । हात्तीबाट नगरपालिकाका–१, २, ३, ४, ५, ८, ११ र १२ वडा प्रभावित छन् ।

निकुञ्जको मध्यवर्ती क्षेत्रमा हात्ती भगाउनका लागि आगो बाल्न दाउरा बाल्ने व्यवस्थासँगै स्थानीय बासिन्दालाई सजग बनाउने र इलेक्ट्रक फेन्सिङलाई व्यवस्थित पार्ने काम भइरहेको प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जामगरले जानकारीदिनुभयो । हात्तीको बथानलाई निकुञ्ज क्षेत्रतर्फ फर्काउने काम भइरहेको उहाँको भनाइ छ ।

लगातारको वर्षाका कारण धानबाली भित्र्याउन नपाएका किसानको धान हात्तीले नोक्सानी गर्न थालेपछि यस क्षेत्रका किसान थप मर्कामा परेका छन् । जङ्गली हात्तीले बुधबारमात्रै नगरपालिकाको वडा नं १२ का दम्पती ध्वजबहादुर कार्की र मथुरा कार्कीको ज्यान लिएपछि यस क्षेत्रका बासिन्दा त्रसित भएका छन् । बस्ती नजिकैका सामुदायिक वनमा जङ्गली हात्ती दिउँसै ओहोरदोहोर गर्दै आएका छन् । स्थानीय बासिन्दाले हात्तीकै डरले मेलापात गर्न छाडेका छन् ।

प्रत्येक वर्ष भारतको दुधुवा नेशनल पार्क हँुदै जङ्गली हात्तीको बथान यहाँ आइपुग्ने गर्दछ । वर्षात्का बेला दुधुवा नेशनल पार्कमा पानी भरिने भएकाले हात्तीको बथान शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हँुदै चुरे क्षेत्रसम्म पुग्ने गर्दछ । निकुञ्जको मध्यवर्ती क्षेत्र, त्यसका वरिपरिका क्षेत्र र चुरे क्षेत्रका बस्तीमा हात्तीले बढी नोक्सानी पु¥याउँदै आएको छ । हिँडडुल गर्ने पुरानो प्राकृतिक बाटो ९करिडोर० मासिदा हात्तीले अधिक नोक्सनी पु¥याउने गरेको वन्यजन्तुविज्ञहरुको भनाइ छ ।

“हात्तीले समूहमा रहेका बेला आक्रमण गर्दैन”, विज्ञहरु भन्छन्, “प्रजननका बेला मात चढेको मत्त ९भाले० हात्तीले आक्रमण गरी मानवीय क्षति निम्त्याउने गरेको पाइएको छ ।” छावामाथि आक्रमण हुनसक्ने ठानेमा हात्ती हिंस्रक हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर