बेमौसममा परेको पानीका कारण आएको बाढी पहिरोले पुर्याएको क्षतिको जानकारी लिन पुगे प्रधानमन्त्री देउवा दिपायल — OSNepal

बेमौसममा परेको पानीका कारण आएको बाढी पहिरोले पुर्याएको क्षतिको जानकारी लिन पुगे प्रधानमन्त्री देउवा दिपायल

LC (KTM) October 21, 2021 0

कैलाली ४ कात्तिक । लगातार परेको पानीका कारण आएको बाढी पहिरोले पुर्याएको क्षतिको निरिक्षण गर्न प्रधानमन्त्री शेरबहादुर देउवा यति बेला सुदूरपश्चिम प्रदेश पुगेका छन् ।

कार्यतालिका अनुसार देउवा डोटीको दिपायल पुगेका हुन् । प्रधानमन्त्री देउवाले त्यहाँको जनप्रतिनिधि र स्थानीयसँग बाढी, पहिरो र डुबानबाट भएको क्षतिका विषयमा जानकारी लिएका छन् ।

यो सँगै अब प्रधानमन्त्री देउवाले बाढी पहिरोले पुर्याएको क्षतिको स्थलगत अवलोकन गर्ने भएका छन् । आइतबारबाट लगातार परेको पानीका कारण बाढी पहिरोबाट सुदूरपश्चिम प्रदेश मात्र ३० जनाले ज्यान गुमाएका छन् ।

त्यसैगरी २४ जना बेपाता भएका छन् भने १६ जना घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर