भारतबाट आउने खाना पकाउने एलपी ग्याँस बुलेटबाट सीधै सिलिन्डरमा भरेर बेच्ने गिरोह पक्राउ — OSNepal

भारतबाट आउने खाना पकाउने एलपी ग्याँस बुलेटबाट सीधै सिलिन्डरमा भरेर बेच्ने गिरोह पक्राउ

LC (KTM) October 21, 2021 0

काठमाडौं ४ कात्तिक । भारतबाट आउने खाना पकाउने एलपी ग्याँस बिच बाटोबाट नै चोरी गर्ने गिरोह पक्राउ परेको छ । पक्राउ पर्नेमा ग्यास चोरी गरी बेच्ने कार्यमा संलग्न रहेका स्थानीय व्यापारी ४३ वर्षीय भरत कार्की, चालकहरु सुनुकुमार र विपिन कुमार रहेका छन् ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय मनहरीका प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा रहेको प्रहरी टोलीले पक्राउ गरेको हो । निजहरुलाई मनहरी गाउँपालिका- ६ नयाँबस्तीस्थित एक पसलमा ग्याँस बोकेको बुलेट रोकेर घरेलु उपकरण प्रयोग गरी सिलिन्डरमा ग्यास भरिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

प्रहरीले भारतबाट आएको दुईवटा एन.एल ०११० १३१ र युपी ७० बीटी ९९९६ नम्बरको ग्यास बुलेट नियन्त्रणमा लिएको छ । सिलिन्डर भर्नका फलामको पातामा पाइप जोडिएको घरेलु उपकरण निर्माण गरी प्रयोग हुने गरेको अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक थापाले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर