ओकल्यान्ड फिड द निड लायन्स क्लवको इन्सटलेसन एवं सम्मान कार्यक्रम सम्पन्न — OSNepal

ओकल्यान्ड फिड द निड लायन्स क्लवको इन्सटलेसन एवं सम्मान कार्यक्रम सम्पन्न

LC (KTM) October 21, 2021 0

क्यालिफोर्निया । ओकल्यान्ड फिड द निड लायन्स क्लवले डिस्ट्रीक्ट 4 C 3 ले आफ्नो इन्सटलेसन एवं सम्मान कार्यक्रम सम्पन्न गरेको छ । डिस्ट्रिक्ट गभर्नर जेम्स भर्गिसको विशेष उपस्थितीमा पास्ट डिस्ट्रिक्ट गभर्नर राजन थापा बिल रैदल लगायत धेरै लायन्स नेतृत्वहरूको विचमा नेपाली संस्कृतिक जोगरना गर्ने उदेश्यले लाखे नाच र विभिन्न नेपाली नृत्यहरू सहित गत सोमवार सांझ सम्पन्न भएको छ।

ओकल्यान्ड फिड द निड लायन्स क्लवले को सभापति सुनिल राजकर्णिकार ले कार्यक्रम को सभापतित्त्यो गर्नु भयको थियो कार्यक्रममा ओकल्यान्ड फिड द निड लायन्स क्लवले ओकल्यान्ड लगायत वे एरियाका सिटीहरूमा कोभिडको वेला खाद्यान्न वितरण गरेको कुरा सवै वक्ताहरूले संझनु भै प्रसंसा गर्नुभयो ।

उक्त एवं खाद्यान्न वितरणमा सामुदायिक तहमा कार्यक्रम संयोजन गर्न विशेष योगदान गरेको र सामुदायिक हितमा लागि परेकै कारण ओकल्यान्ड फिड द निड लायन्स क्लवले क्लवका प्रबन्धक प्रेम परियारलाई ह्युमनेटेरियन सर्भिस एवार्डवाट सम्मान गरेको छ साथै क्लवका उपाध्यक्ष रोतिन मानन्धरलाई लाएन्स ओफ द एअरले सम्मान गरेको छ ।

डिस्ट्रिक्ट गभर्नर जेम्स भर्गिसले गभर्नर एक्सिलेन्स एवार्ड २०२१-२०२२ वाट प्रबन्धक प्रेम परियार र ओकल्यान्ड फिड द निड क्लवका चार्टड प्रेजिडेन्ट सुनिल राजकर्निकारलाई सम्मान गरेका छन ।

नेपाली संस्कृतिक कार्यक्रम लाखे नाच र विभिन्न नेपाली नृत्यहरू आकर्सक को बिन्दु बनेको थियो कार्यक्रम लायन डा. टिका लम्सालले संचालन गर्नुभएको थियो । कार्यक्रममा इमिडियट पास्ट डिस्ट्रिक्ट गभर्नर विल ले नयां सदस्यहरूलाई सपथ गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर