च्याम्पियन्स लिगमा युभेन्ट्सको संघर्षपुर्ण जित — OSNepal

च्याम्पियन्स लिगमा युभेन्ट्सको संघर्षपुर्ण जित

LC (KTM) October 21, 2021 0

च्याम्पियन्स लिग फुटबलमा इटालियन क्लब युभेन्ट्सले संघर्षपुर्ण जित हाँसिल गरेको छ । समूह चरण अन्तर्गत आज राति सम्पन्न खेलमा युभेन्ट्सले जेनिट सेन्ट पिटर्सवर्ग माथि एक शुन्य गोल अन्तरको संघर्षपुर्ण जित निकालेको हो । युभेन्ट्सको आजको जितमा डिजान कुलुसेभस्कीले निर्णायक गोल गरे । उनले खेलको ८६ औं मिनेटमा गोल गरेका थिए । आजको यो जितसँगै युभेन्ट्सले ३ खेलमा ९ अंक जोडेको छ । समूह एचको युभेन्ट्सको यो लगातार तेस्रो जित हो । युभेन्ट्स समूहको शीर्ष स्थानमा रहेको छ । जेनिट ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर