शाहरुख खान लाई देखेर जेल भित्रै रोए आर्यन खान , शाहरुख खान संग भने– बुवा जेलको खाना एकदमै नराम्रो छ — OSNepal

शाहरुख खान लाई देखेर जेल भित्रै रोए आर्यन खान , शाहरुख खान संग भने– बुवा जेलको खाना एकदमै नराम्रो छ

LC (KTM) October 21, 2021 0

ड्रग्स केसमा फसेका आर्यन खानका लागि जेलमा एक दिन बिताउन पनि एकदमै मुश्किल परिरहेको छ । आर्यन खान लाई आज बिहान आफ्ना बुवा शाहरुख खान संग १४ दिन पछि भेटने अवसर मिल्यो । बाउ छोरा बीच १५ मिनेट भन्दा बढी एकदमै भावुक गफ भएको थियो । आफ्ना पिता लाई देखेर आर्यन खान जेल भित्रै रोएका थिए । आर्थर रोड जेल सुत्रकाअनुसार शाहरुख खान तथा आर्यन खानको भेट एकदमै भावुक रहेको थियो । यी दुबै जना एक अर्कालाई हेरेर इमोश्नल भएका थिए ।

जब शाहरुख खानले छोरा आर्यनलाई भेटेका थिए त्यतिबेला २ जना जेल गार्ड समेत संगै उभिएका थिए । शाहरुख खान र आर्यन खान बीच आपसमा इन्टरकम मार्फत बातचित भएको थियो । दुबै जना बीच एक ग्रील तथा ग्लासको दिवार रहेको थियो । जेल सुत्रका अनुसार शाहरुखले छोरा आर्यन संग सोध्छन् कि तिमि राम्रो संग खाना खाई रहेका छौ ? उनको यो प्रश्नलाई उनले इन्कार गर्दै भन्छन्– मलाई जेल खाना बिल्कुलै मन परेको छैन ।

त्यति नै बेला शाहरुख खानले जेलका अधिकारीहरुलाई सोध्छन् कि उनी आफ्नो छोरा आर्यनका लागि घरको खाना दिन सक्छु ? तर जेलका त्यहाँ रहेका अधिकारीहरुले घरको खाना खुवाउनका लागि कोर्टको इजाजत लिनुपर्ने बताएका थिए । उक्त भेटमा शाहरुखले आफ्ना छोरा आर्यनलाई हिम्मत दिने कोशिस गरेका थिए । शाहरुख खानलाई जेलमा कुनै बिशेष ट्रीटमेन्ट नदिएको बताइएको छ । । आर्यन खान १४ दिन देखी आर्थर रोड जेलमा रहेका छन् । शाहरुख खान भिडियो कल मार्फत छोरा संग गफ गर्न पाइरहेका थिए ।

तर आज आर्थर रोड जेलमै पुगेर शाहरुख खानले आफ्नो छोरा आर्यन संग भेट गरेका छन् । यस बातचितको दौरानमा बाउ छोराको बीचमा सिसाको दिवार रहेको थियो । दुबै जनाले इन्टरकमको माध्यम बाट गफ गरेका थिए । उनीहरु बीच १६ देखी १८ मिनेट सम्म गफ भएको थियो । दुबै जनाको साथमा जेलका अधिकारीहरु रहेका थिए । यसअघि जेलमा रहेका कैदीहरुलाई हप्तामा २ पटक भिडियो कल मार्फत बातचित गर्न दिइने गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर