निरंकुश स्वेच्छाचारी ओलीले सोधेको स्पष्टिकरणको जवाफ दिन कुनै औचित्य छैन,त्यसकारण हामी जवाफ दिदैनौँ : भीम रावल — OSNepal

निरंकुश स्वेच्छाचारी ओलीले सोधेको स्पष्टिकरणको जवाफ दिन कुनै औचित्य छैन,त्यसकारण हामी जवाफ दिदैनौँ : भीम रावल

LC (KTM) May 24, 2021 0

काठमाडौँ १० जेठ नेकपा एमालेका माधव नेपाल समुहले स्पष्टिकरणको जवाफ नदिने भएका छन् । पार्टीका अध्यक्ष केपी शर्मा ओलीले नेपालसहित ११ जनालाई आज सम्मको समय दिएर स्पष्किरण सोधका थिए ।असंवैधानिक पार्टीका अध्यक्षले सोधको स्पष्टिकरणको जवाफ दिन आवश्यक नभएको भन्दै नेता भीम रावलले आफ्नो समुहका कसैले पनि स्पष्टिकरण नदिने बताएका छन् ।

आफ्नै पार्टीको विरोध गर्दै विपक्षी दलको सरकार बनाउन समर्थन गरेको आरोपमा नेपाल सहित ११ जनालाई आज अन्तिम समय दिएर स्पष्टिकरण सोधिएको थियो । नेता भीम रावलले एमाले पार्टी ओलीको कम्पनी हो भन्दै, पार्टी एकताको कुरा भइरहेका बेलामा संविधानको धारा ४ पनि उल्लंघन गर्ने, ५ पनि उल्लंघन गर्ने, प्रतिनिधिसभा विघटन गर्ने र हामीलाई फेरि स्पष्टीकरण सोध्ने भन्दै आक्रोशित भएका छन् । केपी ओलीको यो निरंकुश स्वेच्छाचारी, पार्टी विधान र कानुनविपरितको कामलाई पूर्णरुपमा हामी अस्वीकार गर्छौ’ ।

पटकपटक पठाएको स्पष्टिकरणले त्रसित होलान्, भ्रम सिर्जना होला र अरु पनि डराउलान् भनेर पठाएको यस्तो कथित पत्रको जवाफ दिन औचित्य नभएको पनि रावलल बताउका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर