कालीगण्डकी किनारमा दुई पुरुषको शव फेला – OSNepal

कालीगण्डकी किनारमा दुई पुरुषको शव फेला

LC (KTM) October 21, 2021 0

रामपुर, ४ कात्तिक – रामपुर नगरपालिका–८ स्थित कालीगण्डकीमा आज दुई शव फेला परेका छन् । भुजात सिद्धबाबा धाम र होस्दीमा शव फेला परेका हुन् ।भुजातमा अन्दाजी ४०÷४५ वर्ष उमेरका र होस्दीमा ५०÷५५ वर्ष उमेरका पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

उनीहरुको हालसम्म नाम, थर, बतन खुल्न सकेको छैन । नदी किनारमा बगाइ ल्याइएको जस्तो देखिने सढेगलेको अवस्थामा शव फेला परेका हुन् । शव परीक्षणका लागि रामपुर अस्पतालमा राखिएको छ । (रासस)

Leave a Reply

Your email address will not be published.