रथबाट लडेर १० वर्षीय बालकको मृत्यु — OSNepal

रथबाट लडेर १० वर्षीय बालकको मृत्यु

LC (KTM) October 21, 2021 0

सिरहा, ४ कात्तिक- रथबाट लडेर सिरहामा एक बालकको मृत्यु भएको छ । सिरहा नगरपालिका–१२ सारस्वरका मोहम्मद इस्लाम राइनका १० वर्षीय छोरा १० जाहिद राइनको बुधबार बेलुका रथबाट लडेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार रथबाट लडेलगत्तै रथको पाङ्ग्राले किचेको थियो । घाइते राइनलाई तत्काल जिल्ला अस्पताल सिरहामा उपचारको लागि ल्याए पनि उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सुचना अधिकारी सुवास बुढाथोकीले जानाएको छ ।

प्रहरीले रथ नियन्त्रणमा लिए पनि चालक फरार रहेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर