२ सय करोडको धोखाधडीमा केसमा ईडीले बलिउड अभिनेत्री जैकलीन माथि गर्यो कडा सवाल — OSNepal

२ सय करोडको धोखाधडीमा केसमा ईडीले बलिउड अभिनेत्री जैकलीन माथि गर्यो कडा सवाल

LC (KTM) October 21, 2021 0

बलिउड अभिनेत्री जैकलीन फर्नाण्डिज यतिबेला चर्चामा रहेकी छिन् । उनलाई २ सय करोड मनी लाउन्ड्रिंग केशमा सोधपुछ चलिरहेको छ । जैकलीनके फाईनान्सियल ट्रान्जेक्सनमा इडीले नजर लगाईरहेको छ । आयकर बिभाग अर्थात इडीका अनुसार जैकलीनको सुकेश चन्द्रशेखर संग कनेक्सन रहेको छ । चार पटक सम्म इडीले सोधपुछका लागि बोलाए पछि बल्ल नायिका जैकलीन बुधबार प्रर्वतन निर्देशानालय पुगेकी थिईन् ।

सुत्रका अनुसार अभिनेत्रीको बयान प्रिवेन्सन अफ मनि लाउन्ड्रींग एक्ट अन्र्तगत रेकर्ड गरिएको छ । मनि ट्रायलको छानबिनको दौरान जैकलीन कार्नमेन संग कनेक्सन देखिएको थियो । इडी यो पनि जान्ने कोशिसमा जुटिरहेको छ कि दुई जना बीच कुनै फाईनान्सियल ट्रान्जेक्सन भएको थियो कि थिएन । जैकलीनले आफ्नो पहिलो बक्तब्यमा भनेकी थिईन् कि सुकेशको मामलामा खुद आफु एक भिक्टिम हुन् ।

साथै उनी संग कुनै लेनदेन नभएको उनले दाबी गरेकी छिन् । सुकेश चन्द्र शेखर तथा उनकी पत्नी सहित ६ जना ब्यक्ति अहिले पनि ईडीको हिरासतमै रहेका छन् । जैकलिन भन्दा पहिला नोरा फतेही संग पनि यस बिषयमा सोधपुछ भएको थियो । इडीले जैकलिन लाई बिभिन्न सवालहरु गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर