कालीगण्डकी किनारमा नाम र थर नखुलेका सढेगलेको अवस्थामा दुई पुरुषको शव फेला — OSNepal

कालीगण्डकी किनारमा नाम र थर नखुलेका सढेगलेको अवस्थामा दुई पुरुषको शव फेला

LC (KTM) October 22, 2021 0

रामपुर नगरपालिका–८ स्थित कालीगण्डकीमा आज दुई शव फेला परेका छन् । भुजात सिद्धबाबा धाम र होस्दीमा शव फेला परेका हुन् ।

भुजातमा अन्दाजी ४०÷४५ वर्ष उमेरका र होस्दीमा ५०÷५५ वर्ष उमेरका पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उनीहरुको हालसम्म नाम, थर, बतन खुल्न सकेको छैन । नदी किनारमा बगाइ ल्याइएको जस्तो देखिने सढेगलेको अवस्थामा शव फेला परेका हुन् । शव परीक्षणका लागि रामपुर अस्पतालमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर