अमेरिकामा नेपाली बिश्व कीर्तिमानी रोहितद्वारा फेरी बिश्वकीर्तिमान — OSNepal

अमेरिकामा नेपाली बिश्व कीर्तिमानी रोहितद्वारा फेरी बिश्वकीर्तिमान

LC (KTM) October 22, 2021 0

विजय थापा । डिसी महानगर क्षेत्र । बिश्वकै सम्राट राज्य अमेरिकाको न्यूयोर्कमा बस्दै आएका युवा नेपाली बिश्व कीर्तिमानी रोहित तिमिल्सिनाले अर्को बिश्व कीर्तिमान गरेका छन् । उनले गत सेप्टेम्बर १९ का दिन अमेरिकाको सियाटल वाशिंगटनमा उक्त किर्तिमान कायम गर्न सफल भएका हुन् ।

त्यो समयमा उनले किर्तिमान गरेता पनि हालसालै उनले उक्त प्रमाणपत्र र पदक प्राप्त गरेका हुन् । उनले उक्त किर्तिमान बिश्व भरमा २४,५२३ जना एकै पटक भर्चुअल(परोक्ष अथवा अप्रत्यक्ष) मार्फत आयोजना गरिएको १० किमि दौडमा उनि पनि सहभागी भै उनले बिश्वकिर्तिमान हात पार्न सफल भए ।

उनि खेलकुदमा अत्यन्तै अभिरुचि राख्ने र स्वयम् खेलाडी पनि हुन् । यस क्षेत्रमा उनि बिगत २० बर्ष देखि होमिएका हुन् भने बिगतमा उनले विभिन्न विधामा बिश्व किर्तिमान गरेका छन् । बिश्व कीर्तिमानी रोहितले नेपालमा बिश्व कीर्तिमान राख्न चाहना राख्ने र त्यस्ता व्यक्तिहरुलाई बिश्व किर्तिमान बन्नलाई प्रोत्साहन र सहयोग गर्दै आएका छन् ।

उनले नेपाल र अन्तराष्ट्रिय जगतमा नेपालीहरुले बिश्व किर्तिमान गरेको सुन्दा नेपाली भएको नाताले अत्यन्तै गर्व लाग्ने बताए । साथै उनले बिश्वमा असम्भव भनेको केही नभएकोले हामी नेपालीहरुले आफ्नो देश र नेपालीको नाम राख्न निरन्तर कोसिस गर्दा सफलता हासिल गर्न सकिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर