घरमा एनसीबीले फेरी छापा मारेपछि शाहरुख खानलाई अर्को तनाव थपियो — OSNepal

घरमा एनसीबीले फेरी छापा मारेपछि शाहरुख खानलाई अर्को तनाव थपियो

LC (KTM) October 22, 2021 0

छोरा आर्यन खान जेलमा रहेका बेला फेरी शाहरुख खानलाई अर्काे तनाव थपिएको छ । शाहरुख खानको घरमा एनसीबीले आज छापा मारेको छ । आज मात्र छोरा आर्यनलाई भेटेका शाहरुखको घरमा एनसीबीले छापा हानेको हो । शाहरुख खान अहिले आफ्नै निवामिा रहेका छन् । ड्रग्स केसमा जमानत माग खारेजपछि शाहरुख छोरा आर्यनलाई भेट्न मुम्बईको आर्थर रोड जेल पुगेका थिए। त्यहाँ उनीहरु बीच करिब १६ मिनेट भन्दा बढी कुराकानी भएको थियो । जेल प्रशासनको नियमअनुसार भने १० मिनेटमात्र भेट्न पाइने प्रावधान रहेको छ ।

उनले जेलको प्रोटोकल नाघ्दै आफ्ना छोरा संग गफ गरेका थिए । जमानत दिन मुम्बईको एनडीपीएस अदालतले अस्वीकार गरेपछि आर्यनलाई मुम्बईको अर्थर रोड जेलमा राखिएको छ। यसरी जेलमा आज भेटेर आएका शाहरुख खानको घरमा एनसीबीको छापा मारिनुलाई निक्कै गंभीर रुपमा भारतीय संचारमाध्यमहरुले लिएका छन् ।

त्यस्तै नारकोटिक्स कन्ट्रोल व्युरो एनसीबी ले अभिनेत्री अनन्या पाण्डेको घरमा पनि छापा मारेको छ। एनसीबीले अभिनेत्री अनन्या पाण्डेलाई आज सोधपुछका लागि समेत बोलाएको छ। शाहरुख खानको घरमा छापा मार्नु भन्दा अगाडी अभिनेत्री अनन्या पाण्डेको घरमा छापा मारिएको थियो। उनको घरमा छापा मारिनुको कारण भने खुल्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर