'संसद विघटन गरी राष्ट्रपति र प्रधानमन्त्रीले मुलुकलाई प्रतिगमन, तानाशाही र फासीवादको दिशातर्फ धकेले' — OSNepal

‘संसद विघटन गरी राष्ट्रपति र प्रधानमन्त्रीले मुलुकलाई प्रतिगमन, तानाशाही र फासीवादको दिशातर्फ धकेले’

LC (KTM) May 24, 2021 0

काठमाडौँ १० जेठ । संसद विघटन गरेर राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई प्रतिगमन, तानाशाही र फासीवादको दिशातर्फ धकेल्न खोजेको विभिन्न सात किसान संगठनहरुले बताएका छन् । आज सोमबार संयुक्त विज्ञप्ती जारी गर्दै ‘कोभिड महामारीबाट जनताको जिउधनको रक्षा गर्न अग्रसर हुनुको सट्टा आफ्नो कुर्सी जोगाउनका लागि जुनसुकै हर्कत गर्न तयार प्रधानमन्त्री ओली र उनका मतियारहरूका गतिविधिहरूले देशको राष्ट्रियता र सार्वभौमसत्ता समेत गम्भीर खतरामा पर्नसक्ने देखिएको आरोप लगाएका छन् ।

अखिल नेपाल किसान महासंघ९क्रान्तिकारी केन्द्र०का अध्यक्ष चित्रबहादुर श्रेष्ठ, नेपाल किसान संघका सभापति भानुभक्त सिग्देल, अखिल नेपाल किसान महासंघका महासचिव बलराम बाँस्कोटा, अखिल नेपाल किसान महासंघ९अप्फा०का अध्यक्ष भैरव रेग्मी, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का अध्यक्ष सीताराम तामाङ, अखिल नेपाल किसान युनियनका अध्यक्ष लोकनारायण सुवेदी र अखिल नेपाल प्रगतिशील किसान संघका इञ्चार्ज कृष्ण राणाले संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ;

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर