ट्याक्सी चालकको व्यवहारबाट आत्तिएपछि अनिल कपुरकी छोरी सोनम कपुरले सामाजिक सञ्जालमा लेखिन यस्तो स्टाटस — OSNepal

ट्याक्सी चालकको व्यवहारबाट आत्तिएपछि अनिल कपुरकी छोरी सोनम कपुरले सामाजिक सञ्जालमा लेखिन यस्तो स्टाटस

LC (KTM) October 22, 2021 0

एजेन्सी- बलिउड अभिनेत्री सोनम कपुरले ट्याक्सी चालकको व्यवहारबाट आत्तिएको सामाजिक सञ्जालमा लेखेकी छन्। उनले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै लन्डनमा उबर ९ट्याक्सी० प्रयोग गर्ने मानिसहरू सचेत हुन आग्रह गरेकी छन्।
हाल पति आनन्द आहुजासँग लन्डन बस्दै आएकी अभिनेत्री कपुरले ट्वीट गर्दै ट्याक्सी प्रयोग गर्दाको डरलाग्दो अनुभवले डगमगाएको उल्लेख गरेकी छन्। उनले सर्वसाधारणलाई ट्याक्सीको विकल्पको रुपमा लन्डनको सार्वजनिक यातायात रोज्न अनुरोध गरेकी छन्।

‘द जोया फ्याक्टर’ फिल्मकी अभिनेत्री कपुरले ट्वीट गरेकी छन्, ‘लन्डनमा ट्याक्सी प्रयोग गर्दा मैले सबैभन्दा डरलाग्दो अनुभव पाएँ। कृपया सावधान रहनुहोस्। ट्याक्सीको साटो सबैभन्दा राम्रो र सुरक्षित सार्वजनिक यातायात प्रयोग गर्न आग्रह गर्दछु। म एकदम आत्तिएको छु। ।नागरिक दैनिकमा खबर छ ।ट्याक्सी चालक अस्थिर थिए। एक सुरमा कराइरहेका थिए। म आत्तिएको थिएँ।’
सन् २०१८ मा व्यवसायी आनन्द आहुजासँग विवाह गरेकी उनी लन्डनमा बस्दै आएकी छन्। बलिउडकी सबैभन्दा फेसनेबल अभिनेत्रीको सूचीमा पर्ने उनीले ‘द जोया फ्याक्टर’, ‘सञ्जु’, ‘प्याडम्यान’, ‘प्रेम र तन धन पायो’, ‘निर्जा’, ‘डली कि डोली’ लगायत फिल्ममा अभिनय गरिसकेकी छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर