प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको आचरण र व्यवहारमा गम्भीर शंका उत्पन्न — OSNepal

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको आचरण र व्यवहारमा गम्भीर शंका उत्पन्न

LC (KTM) October 22, 2021 0

काठमाडौं ५ कात्तिक । पूर्व न्यायाधीश फोरमले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको आचरण र व्यवहारमा गम्भीर शंका उत्पन्न भएको बताएको जनाएका छन् । आज शुक्रबार एक विज्ञप्ती जारी गर्दै पूर्व न्यायाधीश फोरम, नेपालले यस्तो जनाएको हो ।
काठमाडौँ — पूर्व न्यायाधीश फोरमले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको आचरण र व्यवहारमा गम्भीर शंका उत्पन्न भएको बताएको छ ।

शुक्रबार विज्ञप्ति जारी गर्दै पूर्व न्यायाधीश फोरम, नेपालले भनेको छ, ‘मन्त्रिमण्डल विस्तारमा प्रधानन्यायाधीशको पनि कोटा भन्ने शीर्षक राखी प्रिन्ट मिडिया र अनलाइनमा समाचार सम्प्रेषण हुनु र त्यसको नेपाल बार एसोसियशनतर्फबाट समेत भएको विरोधको बाबजुद प्रधानन्यायाधीशको नाताका मानिस मन्त्रिपरिषद्‌मा समावेश गराइनु र चर्को विरोधपश्चात मन्त्रीको राजीनामा आउनुले प्रधानन्यायाधीशको आचरण र व्यवहारमा नै गम्भीर शंका उत्पन्न गराएको छ ।’

कार्यपालिकाद्वारा गरिएको मूल्याङ्कनको आधारमा प्रदान गरिने तक्मा यस वर्ष प्रतिनिधिसभा विघटनको पहिलो मुद्दा फैसला गर्ने प्रधानन्यायाधीश र न्यायाधीशहरूलाई नै तोकिदिएर विभिन्न तहको तक्मा दिने घोषणा गरिएबाट स्वतन्त्र र विश्वासिलो न्यायपालिकाको मर्ममा नै आघात पुर्‍याएको छ भनी चौतर्फी आलोचना हुँदा पनि सम्बन्धित न्यायाधीशहरूले न्यायपालिकाको मर्यादाको रक्षा गर्न अग्रसरता देखाएको नपाइएको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

पेसी सूची निर्धारण गर्दा व्यापक मनोमानी गरेको गुनासो आउँदा पनि सुनुवाइ नभएको भनेर पनि फोरमले असन्तुष्टि व्यक्त गरेको छ ।न्यायालयलाई विवादित नेतृत्वबाट जोगाउनको लागि भन्दै पूर्व न्यायाधीश फोरमले सर्वोच्चका न्यायाधीश, कानुन व्यवसायी, न्यायपालिकाका उपभोक्ता र सचेत नेपालीलाई विज्ञप्ती मार्फत आह्वान समेत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर