कारखानामा शुक्रबार भएको बम विष्फोटमा परि मृत्यु हुनेको संख्या १५ पुग्यो, भवन पूर्णरुपमा ध्वस्त — OSNepal

कारखानामा शुक्रबार भएको बम विष्फोटमा परि मृत्यु हुनेको संख्या १५ पुग्यो, भवन पूर्णरुपमा ध्वस्त

LC (KTM) October 22, 2021 0

रुसको रियाजान क्षेत्रको एक कारखानामा शुक्रबार भएको बम विष्फोट र त्यसपछिको आगलागीमा परी कम्तीमा १५ जनाको मृत्यु भएको टस समाचार एजेन्सीले जनाएको छ।

घटनाको समयमा उक्त कारखानामा १७ जना कामदारहरू थिए। औद्योगिक विष्फोटक पदार्थ उत्पादन गर्ने कारखानामा १५ जानाको शव भेटिएको छ।

विष्फोटन पश्चात् १६० वर्ग किलोमीटर क्षेत्रमा लागेको आगो निभाइएको छ। विष्फोटनमा कार्यशाला भवन पूर्णरुपमा ध्वस्त भएको छ।घटनाको कारण अझै पत्ता लागेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर