साहित्यकार डा. बानिरा गिरीको निधन — OSNepal

साहित्यकार डा. बानिरा गिरीको निधन

LC (KTM) May 24, 2021 0

काठमाडौँ । साहित्यकार डा। बानिरा गिरीको निधन भएको छ । नेपाली साहित्यमा पिएचडी गर्ने पहिलो महिलाका रूपमा समेत चर्चित स्रष्टा गिरीको ७५ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको हो ।हृदयघात भएपछि सिभिल अस्पतालमा पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए। २० दिन अघि कोरोना संक्रमण समेत भएको थियो । तर कोरोनाबाट निको भए पनि हृदयघातका कारण नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा गएराती निधन भएको बताइएको छ ।

गिरीका ‘एउटा जिउँदो जङ्गबहादुर’, ‘शब्दातीत शान्तनु’, ‘जीवन स् थामहरू’ तथा ‘काठमाडौं काठमाडौं’ लगायत कविता संग्रहहरू प्रकाशित छन् । साथै ‘कारागार’ र ‘निर्बन्ध’ उनका उपन्यास हुन् ‘मेरो आविस्कार’ ९आत्मकथा०, ‘रोकिनेले आकार दिन सक्दैन’ (यात्रा संस्मरण) प्रकाशित छन् । यसैगरी उनका निबन्धहरू ‘पर्वतको अर्को नाम’ र ‘पार्वती र जंगल जंगल’ संग्रहमा समाविष्ट छन् । दार्जिलिङमा जन्मिएकी गिरीका उनका श्रीमान, एक छोरा र एक छोरी रहेका छन् । उनले भुवन विश्वविद्यालयबाट विद्यावारिधी ९पिएचडी० गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर