सुस्मिता स्याङ्तानको मन छुने गीत पराईको आगनी बजारमा — OSNepal

सुस्मिता स्याङ्तानको मन छुने गीत पराईको आगनी बजारमा

LC (KTM) October 22, 2021 0

गायिका सुस्मिता स्याङ्तानको स्वरमा सजिएको पराईको आगनी बोलको गीत बजारमा आएको छ । यस गीतको मेल भर्सन भने पहिला नै गायक सरद तामाङले गाइ सकेका छन । सुस्मिताको आवाजमा फिमेल भर्सन आएको हो । विवेक लोप्चनको संगीत रहेको यस गीतलाई पाल्साङ लोप्चनले लेखेका हुन् । कर्साङ लामाले संगीत संयोजन गरेको यो गीतको म्युजिक भिडियो पारीजात नेपालको अफिसियल युटुब च्यानलबाट बाहिर आएको हो ।

बिग परिवेश र पारिजात रेकर्डिङ स्टुडियोमारेकर्ड गरिएको उक्त गीतलाई मनोज डङगोलले मिक्सिङ गरेका छन् । आशिष जिम्बाले छायांकन, टेकेन्द्र शाहले सम्पादन र कलर गरेको उक्तम्युजिक भिडियोमा तिर्थमान पाख्रिनको कथा र कन्सेप्ट रहेको छ । आर बिलामाले निर्देशन गरेको भिडियोमा बिजय स्याङ्बो तामाङ, अनु तामाङ र सुनिता रुम्बाको ससक्त अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर