आयरल्याण्डलाई हराउँदै नामिबिया आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको सुपर १२ मा प्रवेश — OSNepal

आयरल्याण्डलाई हराउँदै नामिबिया आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको सुपर १२ मा प्रवेश

LC (KTM) October 22, 2021 0

समुह ए बाट श्रीलंका संगै नामिबिया समेत आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको सुपर १२ मा प्रवेश गर्न सफल भएको छ । यूएईको सारजाहमा आज भएको आयरल्याण्डलाई हराउँदै नामिबिया दोस्रो चरणमा पुगेको हो ।समूह चरणको आफ्नो अन्तिम खेलमा नामिबियाले ८ विकेटको जित प्रबेश गर्न सफल भएको हो । आजको जित संगै नामिबियाले ईतिहास रच्न सफल भएको हो ।

नामिबिया पहिलो पटक विश्वकपको सुपर १२ मा प्रवेश गर्न सफल भएको हो । आयरल्याण्डले दिएको १ सय २६ रनको लक्ष्य नामिबियाले ९ बल अगावै २ विकेट गुमाएर पुरा गरेको थियो ।नामिबियालाई जित दिलाउन कप्तान गेरहार्ड इरास्मसले ५३ रनको अविजित पारी खेले । आयरल्याण्डका लागि कर्टिस कापरले दुवै विकेट लिएका थिए ।

यसअघि टस जितेर सुरुवातमा ब्याटिङ गरेको आयरल्याण्डले ८ ओभरमा १ सय २५ रनको योगफल तयार पारेको थियो । आयरल्याण्डका लागि ओपनर पाउल स्टर्लिङले ३८ रन बनाउनु बाहेक अन्यले उल्लेख्य प्रर्दशन गर्न सकेका थिएनन् । नामिबियाका जान फ्रिलिंकले सर्वाधिक ३ विकेट लिएका थिए । डेभिड विसेले २ तथा जेजे स्मिथ र बर्नार्ड शोल्ट्जले समान एक एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर