विश्वमा आजः फुटबल बादशाह पेलेको जन्मदेखि जाँ पाल सात्रद्वारा नोबेल पुरस्कार अस्विकार — OSNepal

विश्वमा आजः फुटबल बादशाह पेलेको जन्मदेखि जाँ पाल सात्रद्वारा नोबेल पुरस्कार अस्विकार

LC (KTM) October 23, 2021 0

आज २३ अक्टोबर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटना विकसित भएका थिए । प्रस्तुत छ आज भएका केही घटनाः

चेचेन बिद्रोहीद्वारा १७० जना बन्धक : मोभासर बारेभले नेतृत्व गरेको करिब ५० चेचेन बिद्रोहीको समूहले सन् २००२ का मस्कोस्थित एक नाट्यशाला कब्जा गरी ८५० जनालाई बन्धक बनाएका थिए । विद्रोहीले सर्वसाधरणलाई तीन दिनसम्म बन्धक बनाएका थिए । बन्धक बनाइएका व्यक्तिलाई रिहा गर्ने क्रममा प्रहरी र विद्रोहीबीचको गोली हानाहानमा १७० जनाको मृत्यु भएको थियो ।

बेरुत बम हमला : सन् १९८३ मा लेबनानको गृहयुद्धमा अमेरिका र फ्रान्सको ब्यारेकअगडि भएका दुई ओटा बम बिस्फोटमा ३०० फ्रान्सेली र अमेरिकी सेनाको मृत्यु भएको थियो । जिहादी समूहले सो बिस्फोटको जिम्मा लिएको थियो ।

जाँ पाल सात्रद्वारा नोबेल पुरस्कार अस्विकार : सन् १९६४ मा फ्रान्सका प्रसिद्ध दार्शनिक तथा साहित्यकार जाँ पाल सात्रले आफूलाई प्रदान गरेको साहित्यतर्फको नोबेल पुरस्कार अस्वीकार गरेका थिए ।

फुटबल बादशाह पेलेको जन्म : आजकै दिन अर्थात २३ अक्टोबर १९४० मा ब्राजिलका फुटबल बादशाह पेलेको जन्म भएको थियो । ८० वर्षीय पेलेको वास्तविक नाम इडसन आरेन्टेस डो नासिमेन्टो हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर