हेलिकप्टर चढेर बर्दियाको राजापुरमा बाढीपीडित क्षेत्रको अवलोकन गर्न निस्किए प्रधानमन्त्री देउवा – OSNepal

हेलिकप्टर चढेर बर्दियाको राजापुरमा बाढीपीडित क्षेत्रको अवलोकन गर्न निस्किए प्रधानमन्त्री देउवा

Osnepal October 23, 2021 0

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले बर्दियाको राजापुरमा बाढीपीडित क्षेत्रको शुक्रबार अवलोकन गरेका छन् ।

सो क्रममा प्रधानमन्त्री देउवाले बाढीपीडितलाई क्षति भएको आधारमा राहत उपलब्ध गराउने बताए । स्थानीय सरकारलाई तत्काल पीडितको क्षतिको विवरण सङ्कलन गरेर उपलब्ध गराउन उनले निर्देशन दिए । प्रधानमन्त्री देउवाको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, पर्यटनमन्त्री प्रेम आलेलगायत सहभागी थिए ।

कर्णाली नदीमा आएको बाढीका कारण राजापुर नगरपालिकाको एक हजार २८४ घर धुरी डुबानमा परेको थियो त्यस्तै गेरुवा गाउँपालिकाको २१० घरधुरी डुबानमा परेका थिए ।

Leave a Reply

Your email address will not be published.

भर्खर

प्रमुख समाचार

Advertisement