'कमब्याक' असफल भएपछि वेब सिरिजमा ध्यान खिच्दै शिल्पा शेट्टी — OSNepal

‘कमब्याक’ असफल भएपछि वेब सिरिजमा ध्यान खिच्दै शिल्पा शेट्टी

LC (KTM) October 23, 2021 0

काठमाडौं । शिल्पा शेट्टी कुनै समयकी सफल अभिनेत्री हुन् । उनले बलिउडका प्रायस् कलाकारहरूसँग स्क्रिन सेयर गरेकी छिन् ।
ठूलो पर्दाबाट टाढिएपछि सानो पर्दामा सुपर डान्सर शोमा जज बनेकी शिल्पाले गत वर्ष फिल्म गरिन् । आफूलाई फिट राखेकी शिल्पा फिल्ममा आएपछि दर्शकले माया गर्ने अपेक्षा गरिएको थियो । तर त्यसो भएन । कोरोना भाइरसको कारणले सिर्जित अवस्थाले गर्दा केही समय रोकिएको फिल्म डिजिटल प्लेटफर्ममा रिलिज भयो ।

प्रियदर्शन निर्देशित सफल फिल्म ‘हंगामा’ को दोस्रो भाग भनिएको ‘हंगामा २’ गत जुलाईमा रिलिज भयो । कमेडी फिल्म बनाउन माहिर मानिने निर्देशक प्रियदर्शनले निर्देशनमा कमब्याक गरेको फिल्म भएकाले पनि अपेक्षा राम्रो थियो । तर, न त यसले प्रियदर्शनलाई नै फाइदा गर्‍यो न त शिल्पालाई । फिल्म लगानीका हिसाबले ओटीटीमा रिलिज हुँदा केही मुनाफामा गए पनि यसले दर्शकको मन जित सकेन ।

डिज्ने प्लस हटस्टारमा रिलिज भएको फिल्मले शिल्पालाई केही फाइदा नपुगेपछि उनले अन्य फिल्म साइन गरेकी छैनन् । उनको फिल्ममा ‘असफल कमब्याक’ भएपछि पछिल्लो समय ध्यान वेब सिरिजमा पुगेको छ ।राजधानि दैनिकमा खबर छ । माधुरी दीक्षित, रविना टन्डन, सुष्मिता सेन, जुही चावलालगायत सिरिजमा काम गरिरहेकाले शिल्पा पनि त्यसतर्फ आकर्षित भएकी हुन् । उनी फिल्ममा सहायक भूमिका निर्वाह गर्नुको सट्टा सिरिजमा लिड रोल चाहन्छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर