जङ्गली च्याउले लियो ३९ वर्षीय लालबहादुरको ज्या न — OSNepal

जङ्गली च्याउले लियो ३९ वर्षीय लालबहादुरको ज्या न

LC (KTM) May 24, 2021 0

किमाथाङ्का, १० जेठ – सङ्खुवासभाको खाँदबारी नगरपालिका–४ मा जङ्गली च्याउ खाँदा एक व्यक्तिको मृ त्यु भएको छ । च्याउ खाँदा ३९ वर्षीय लालबहादुर राईको मृ त्यु भएको वडा नं ४ का वडाध्यक्ष सजीत राईले जानकारी दिनुभयो ।

च्याउ खाएर बिरामी परेका लालबहादुरको उपचारका क्रममा आइतबार राति विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृ त्यु भएको वडाध्यक्ष राईले बताउनुभयो । गत बिहीबार जङ्गलबाट ल्याएको जङ्गली च्याउ खाँदा लालबहादुर र उहाँकी आमा ७० वर्षीया राधिकासमेत बिरामी हुनुभएको थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर