नायिका साम्राज्ञीको अभिनय रहेको ‘माया पिरेम’ बोलको गीतमा टिकटक बनाउनेलाई १ लाख पुरस्कार दिइने — OSNepal

नायिका साम्राज्ञीको अभिनय रहेको ‘माया पिरेम’ बोलको गीतमा टिकटक बनाउनेलाई १ लाख पुरस्कार दिइने

LC (KTM) October 23, 2021 0

गीत हिट भएको छ कि छैन भनेर अहिले सोधी खोजी गर्नै पर्दैन । सिधै गएर टिक टक खोलेर हेरे पुग्छ । त्यसैले गीतलाई हिट बनाउन गीतमा स्वर दिएका लगानी गरेका ब्यक्तिहरुले टिक टकलाई रोज्नु कुनै नौलो कुरा रहेन अब । यसै सिलसिलामा अब ट्रि इन्टरटेनमेन्टले निर्माण गरेको ‘माया पिरेम’ बोलको गीतमा टिकटक बनाउनेलाई १ लाखसम्म पुरस्कार दिने घोषणा गरेको छ। यो गीत अहिले सम्म २२ लाख माथिले हेरिसकेका छन् । यो गीतका क्लिप ट्रि इन्टरटेन्मेन्ट टिकटक एकाउन्टमा राखिएको छ।

ट्रि इन्टरटेन्मेन्टले यो गीतमा टिकटक बनाउनका लागि कात्तिक २२ गते सम्मको समयसिमा तोकिदिएको छ । तर यो टिकटक बनाउँदा केही सर्त भने पुरा गर्नुपर्नेछ । त्यो हो आयोजकले दिएका ह्यास्टट्याग प्रयोग । यो एउटा प्रतियोगिता नै रहेकोले विजेताले १ लाख नगद पुरस्कार पाउने छ । पहिलो हुनेलाई मात्र हैन अरुलाई पनि खाली हात जादैन ।

यस गीतको टिकटक प्रतियोगितामा दोस्रो हुनेले ५० हजार, तेस्रोले ३५ हजार, चौथोले २५ हजार, पाँचौले २० हजार, छैटौंले १५ हजार, सातौंले १२ हजार, आठौंले १० हजार, नवौंले ८ हजार र दशौं हुनेले ६ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जानकारी दिएको छ । यस गीतको म्युजिक भिडिओमा चर्चित नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको साथमा देलविस दर्शनधारी , राज तुम्बाहाम्फे र मोडल अलिसा शर्माले अभिनय गरेका छन् । यस गीतलाई विश्व नेपाली र अस्मिता परियारले गाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर