एमाले सकियो भन्नेहरु बलेसीका पानीका फोका हुन् भन्दै गर्जिए ओली — OSNepal

एमाले सकियो भन्नेहरु बलेसीका पानीका फोका हुन् भन्दै गर्जिए ओली

LC (KTM) October 23, 2021 0

काठमाडौं, ६ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले एमालेलाई समाप्त पार्छु भन्नेहरुलाई बलेसीको पानीको फोकाका संज्ञा दिएका छन् ।

देशभरका वडा अधिवेशनहरुलाई भर्चुअल माध्यमबाट सम्वोधन गर्दै ओलीले एमाले समाप्त पार्न गठबन्धन बनाएर दलहरु लागेको आरोप समेत लगाए ।

‘हिजो एमालेलाई सरकारबाट हटाएपछि एमाले समाप्त हुन्छ भने । ती सवै बलेसीका पानीको फोका हुन । जसले हाम्रा चरित्र हतया गर्न खोजे लान्छाना लगाए । तर ती निरर्थक भए एक समय लड्डु खाने जमाना पनि चल्यो, अबिर जात्रा गरे तर एमाले तुलना नै गर्न नसकिने गरी प्रमुख शक्ति हो,’ उनको भनाइ छ ।

तल्ला कमिटीलाई सर्वसम्मत नेतृत्व छान्न आग्रह गरेका ओलीले सत्तारुढ गठबन्धनले देशलाई अस्थिरतामा धकेलेको समेत आरोप लगाए ।
गठवन्धनलाई स्वेच्छाचारिता र प्रतिगमनको बाटो भन्दै ओलीले भने, ‘गठवन्धन छाड्नुस्, हामी एक्लै चुनाव जित्ने तयारीमा छौँ यही अनुसार तयारी गर्नुहोस् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर