मध्यराति नारायणीमा माछा मा र्ने २४ जना दुई क्विन्टल माछा र बोलेरो जीपसहित समातिए — OSNepal

मध्यराति नारायणीमा माछा मा र्ने २४ जना दुई क्विन्टल माछा र बोलेरो जीपसहित समातिए

LC (KTM) May 24, 2021 0

चितवन – चितवन राष्ट्रिय निकुञ्जले अवैधरुपमा माछा मा र्ने २४ जनालाई पक्राउ गरेको छ । नारायणी नदीमा प्रतिबन्धित तियारी जालको प्रयोग गर्दै माछा मारिरहेको समयमा उनीहरुलाई पक्राउ गरिएको हो ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार आज बिहान ३ः०० बजेको समयमा भरतपुर महानगरपालिका–२६ भगेडीस्थित नारायणी किनारबाट उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुका साथबाट एउटा बोलेरो जीप, दुई स्कुटर, दुई क्विन्टल माछा र ४४ थान तियारी जाल बरामद गरिएको छ । उनीहरुलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम मुद्दा लगाई कानूनी कारबाही गरिने निकुञ्जले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर