OSNepal बुधबार, मंसिर २२ २०७८

पार्टीको इज्जत लुट्ने गए बल्ल पार्टी राम्रो भयोः ओली

पार्टीको इज्जत लुट्ने गए बल्ल पार्टी राम्रो भयोः ओली

  • OSNepal
  • शनिबार, कार्तिक ६ २०७८


पार्टीको इज्जत लुट्ने गए बल्ल पार्टी राम्रो भयोः ओली
Reading Time: < 1 minute

काठमाडौं, ६ कात्तिक- नेकपा (एमाले) अध्यक्ष केपी ओलीले पार्टीको बेइज्यत गर्ने र हुर्मत लिनेहरु बिदा भएपछि पार्टी राम्रो र बलियो भएको दाबी गरेका छन् ।देशभरका वडा अधिवेशनलाई भर्चुअल माध्यमबाट सम्वोधन गर्दै ओलीले माधव नेपाल र पुष्पकमल दाहाल पार्टीवाट अलग्गिएपछि पार्टी थप शसक्त भएको दाबी गरे ।
‘पार्टीको बेइज्यत गर्नेहरु गइसके अव पार्टी शुद्धिकरण भयो ।

पार्टीलाई सरकारवाट हटाउने खेल भए । पार्टीमाथि आन्तरिक र वाह्य साँठगाँठ को निष्कर्ष सरकार फेरबदलमा देखियो । अब पार्टी नयाँ ढंगले अघि वढेको छ,’ उनले भने ।उनले लोकतान्त्रिक भनिएको पार्टी (कांग्रेस)ले समेत अधिवेशन गर्न नसकेको भन्दै एमाले उन्नत पार्टी भएको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड