आलुले १ मिनेटमै निको पार्छ दाँतको दुखाई, जान्नुस् ५ घरेलु उपाय — OSNepal

आलुले १ मिनेटमै निको पार्छ दाँतको दुखाई, जान्नुस् ५ घरेलु उपाय

LC (KTM) October 23, 2021 0

राम्ररी दाँत सफा नगर्दा वा चिसो पानी पिए लगत्तै तातो चिज खाएपछि दाँत दुख्ने हुन्छ । दुखाई सहन नसक्दा प्राय हामी चिकित्सक कहाँ पुगिहाल्छौ, तर घरेलु उपायतिर ध्यान दिँदैनौँ । जान्नुहोस्, दाँत दुख्दा अपनाउन सकिने घरेलु उपाय, जसले तत्कालै आराम दिन्छ ।

कागती – कागतीमा भिटामिन सी हुन्छ, जसले दाँतको दुखाईबाट छुट्कारा दिलाउँन सक्छ । दुखेको भागमा कागती लगाउँन तुरुन्तै राहत मिल्छ ।

आलु – यदि दाँतको दुखाईका साथ–साथै सुन्निने पनि भए आलुलाई ताछेर त्यसको टुक्रालाई दुखेको ठाउँमा १५ मिनेट राख्नुहोस्, चाँडै आराम महशुस गर्नुहुन्छ ।

लसुन – लसुनको एक पोटीलाई नुनसँग खानुहोस्, यसले दाँतको दुखाईबाट राहत दिन्छ ।

प्याज – हरेक तीन मिनेटमा प्याँजको एक टुक्रा खाने गरेमा मुखका किटाणु मर्छन् र यसले दाँतको दुखाई पनि कम गर्छ ।

ल्वांग – सबैलाई थाहा भएको कुरा, दाँत दुखेमा ल्वांगले तुरुन्तै आराम दिन्छ । दुखेको भागमा ल्वांग वा ल्वांगको तेल लगाउन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर