तनहुँको निउरो दमौली बजारमा विक्री गर्दै वृद्ध — OSNepal

तनहुँको निउरो दमौली बजारमा विक्री गर्दै वृद्ध

LC (KTM) October 23, 2021 0

तनहुँको दमौली बजारमा निउरो विक्रीका लागि हिँडेका एक वृद्ध । गाउँ–गाउँबाट तरकारी ल्याएर कृषकहरुले दमौली बजारमा विक्री गर्ने गरेका छन् ।

रामग्राम स्तूपमा आन्तरिक पर्यटकको पहलपहल-नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को प्रमुख धार्मिक तथा पर्यटकीयस्थल रामग्राम स्तुपमा आन्तरिक पर्यटकको पहलपहल बढ्न थालेको छ । कोभिड–१९ महामारीका कारण लामो समय पर्यटकीय गतिविधि ठप्प रहेको प्राचीन स्तूप क्षेत्रमा पछिल्लो पटक आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो ।

सदरमुकाम परासीबाट तीन किलोमिटर दक्षिण रामग्राम नगरपालिका–७ उज्जैनी गाउँमा रहेको उक्त प्राचीन स्तूप भगवान् गौतम बुद्धको उत्खनन नगरिएको सिङ्गो अस्तुधातु रहेको स्थल हो । लामो समयपछि स्तूप क्षेत्रमा आन्तरिक पर्यटकको आगमन बढ्न थालेको लुम्बिनी विकास कोष रामग्राम क्षेत्रका कर्मचारी दीपेन्द्र चौधरीले जानकारी दिनुभयो ।

“कोरोना महामारी सुरु भएपछि स्तूप क्षेत्र सुनसान थियो, पछिल्लो पटक देशका विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक आउने क्रम बढेको छ,” उहाँले भन्नुभयो । स्तूप क्षेत्रमा नेपाल र भारतबाहेक तेस्रो मुलुकबाट पनि उल्लेख्य मात्रामा पर्यटक आउने गरेकामा अहिले विदेशी पर्यटकभन्दा स्वदेशी पर्यटकको मात्रै आगमन भइरहेको उहाँले बताउनुभयो । स्थलमार्ग हुँदै भारतबाट समेत पर्यटक आउन थालेको उहाँको भनाइ थियोे ।

स्तूप क्षेत्रमा आउने पर्यटकहरु घुम्ने, प्रार्थना गर्ने र टिकटकमा रमाउने गरेका छन् । ऐतिहासिक पुरातात्विकस्थल भए पनि यस क्षेत्रमा स्तूपबाहेक अन्य पर्यटकीय पूर्वाधार नभएको भन्दै यहाँ आउने पर्यटक निराश हुने गरेका छन् ।

लुम्बिनी विकास कोषका अनुसार भगवान् शाक्यमुनि बुद्धको महापरिनिर्माणपश्चात् तत्कालीन आठ गणराज्यले आफ्नो भागमा पाएका अस्तुधातुमध्ये कोलिया गणराज्यले आफ्नो भागमा पाएको अस्तुधातु राखी रामग्राममा स्तूपको निर्माण गरेको थियो ।

सम्राट अशोकले इसापूर्व २४९ मा लुम्बिनीलगायत बुद्धस्थलको भ्रमण गरी आठ राज्यले बुद्धको अस्तुधातु राखी बनाएका स्तूप उत्खनन गरी त्यसलाई विभक्त गरी ८४ हजार ससाना स्तूप बनाउने क्रममा रामग्राममा आउँदा यहाँका नागराजाले रोकेर अस्तुधातु उत्खनन गर्न नदिएकाले बुद्धको आठ अस्तुधातु प्रयोग गरी बनाइएका स्तूपमध्ये रामग्राममा अवस्थित स्तूप मात्र पवित्र र उत्खनन नभएको स्तूपका रुपमा मानिन्छ । इतिहासविद् डा डब्लु होईले सन् १८९९ मा उक्त स्तूप पत्ता लगाउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर