सिद्धार्थ शुक्लाकी गर्ल फ्रेण्ड शहनाजले बिना एक्सरसाइज यसरी घटाईन् १२ किलो वजन , यी कुरा लाई गरिन् कन्ट्रोल — OSNepal

सिद्धार्थ शुक्लाकी गर्ल फ्रेण्ड शहनाजले बिना एक्सरसाइज यसरी घटाईन् १२ किलो वजन , यी कुरा लाई गरिन् कन्ट्रोल

LC (KTM) October 23, 2021 0

अभिनेत्री सहनाज गिल यतिबेला सबैको घर घरको चर्चाकी पात्र बन्न सफल भएकी छिन् । शहनाज टेलिभिजनको एकदमै बिबादीत रियालिटी शो बिग बोस १३ को हिस्सा बनेकी थिईन् । त्यसपछि उनी दर्शकको दिल तथा दिमागमा राज गर्न सफल भएकी हुन् । सिद्धार्थ शुक्ला संगको मजबुत बोन्डिंगले सबै फ्यानको मन जितेको थियो । सिद्धार्थको निधन पछि शहनाज एकदमै शुन्य जस्ती भएकी थिईन् । तर उनी बिस्तारै काममा फर्कि सकेकी छिन् । बिग बोसमा रहदा शहनाजको वजन अलिक बढी रहेको थियो ।

लकडाउनको बेला उनले ६ महिना भित्र आफ्नो १२ किलो वजन घटाउन सफल भएकी थिईन् । उनको यो बडी ट्रान्सफर्मेशन दर्शकमाझ एकदमै लोकप्रिय समेत भयो । लकडाउनको बेला सबै क्षेत्र ठप्प थियो । यसैबेला शहनाजले सोच बनाईन् कि अब आफ्नो तौल कम गर्छु । उसो त उनलाई बिगबोसमा तौलको बिषयलाई लिएर मज्जाक उडाउने पनि गरिएको थियो । उनले तौल कम गर्न ईच्छाशक्ति भए एकदमै सामान्य कुरा रहेको बताएकी छिन् । उनले आफ्नो खाना पिनामा एकदमै बदलाव ल्याईन् ।

नन भेजेटेरियन, आईसक्रिम तथा चक्लेट खान पुर्ण रुपमा बन्द गरिन् । उनले भनिन्– मैले खाना बिल्कुलै भेराइटी राखिन् । मैले लन्चमा दाल तथा मुंग खाए । यहि मैले रातमा खाए । यसैको साथमा मैले आफ्नो भोजनको मात्र कम गराए । मलाई ज्यादा भोक लाग्यो भने रोटी खान्थे । त्यसपछि बिस्तारै मलाई फरक देखिन थाल्यो । म ६७ किलोको थिए तर अहिले म ५५ किलोको छु । शहनाजले ६ महिनामा १२ किलो वजन कम गरेकी थिईन् । त्यो पनि बिना एक्सरसाईज ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर