बिग बोसको ईतिहासमै पहिलो पटक प्राइज मनि जिरो, जय भानुशाली संग रिसाईन् राज कुन्द्राकि साली शमिता – OSNepal

बिग बोसको ईतिहासमै पहिलो पटक प्राइज मनि जिरो, जय भानुशाली संग रिसाईन् राज कुन्द्राकि साली शमिता

Loknath Rijal (Jhapa) October 23, 2021 0

बिग बोसको १५ औ सिजनमा एकदमै धेरै उलट पलट भईरहेको छ । पहिलो पटक नै दर्शकलाई लभस्टोरी, रोमान्स, एग्रेशन तथा हातपात सम्मको अवस्था देखिएको छ । यसै सिलसिलामा अर्काे एउटा नयाँ अध्याय जोडिन पुगेको छ । बिग बोसको सिजन १५ को तेस्रो हप्ता एकदमै झट्का लाग्ने खालको भएको छ । बिग बोस १५ को बिजेताले जित्ने प्राइज मनि अहिले जिरो भएको छ ।

शायदै यस शो ईतिहासमै पहिलो पटक यस्तो भएको हो । शुक्रबारको एपिसोडमा जंगलबासीको मुख्य घरमा जानका लागि २५ लाखको बलिदानी दिनु परेको छ । टिकट टु मुख्य घर टास्क हारेपछि बचेका जंगलबासीलाई बिश्वसुन्दरीले २ अप्सन दिएकी थिईन् । या त प्राइज मनीमा बचेको २५ लाख लाई छोडेर मुख्य घरमा जान पाईने या त शो बाटै बाहिर निस्कनु पर्ने । जंगलबासीले आपसमा सहमती गरेर २५ लाख छोडेर मुख्य घर जाने फैसला गर्छन् ।

जसका कारण प्राइज मनी अहिलेका लागि जिरो भएको छ । यस भन्दा पहिला २५ लाख टास्क टु मुख्य घरको दौरानमा गुमाइएको थियो । प्राइज मनि जिरो भएपछि शमिता शेट्टी एकदमै नर्मश भएकी छिन् । शमिता शेट्टीले जय भानुशाली संग यो बिषयमा कुरा समेत गरेकी थिईन् । तर जयले आफ्नै अडान लिएका थिए । प्राइज मनि जिरो भए पनि जय आफ्नो निर्णयलाई गलत मानिरहेका थिएनन् । शमिता जय संग रिसाएकी थिईन् ।

 

Leave a Reply

Your email address will not be published.