OSNepal आइतबार, मंसिर १९ २०७८

यसरी ब्रमलुट हुन्छ राज्यको ढुकुटी

यसरी ब्रमलुट हुन्छ राज्यको ढुकुटी

  • OSNepal
  • शनिबार, कार्तिक ६ २०७८


यसरी ब्रमलुट हुन्छ राज्यको ढुकुटी
Reading Time: 4 minutes

अनुसा थापा

देशैभर भएका जेब्राक्रसहरु सबै मेटिसकेको छन् । मानिसहरुको अत्यन्त चाप हुने स्थानहरुमा समेत जेब्राक्रसको सुविधा छैन् । आकाशे पुल त अलि पर कै कुरा भयो । धेरै सवारी चाप हुने भनेको राजधानीमै हो । तर पुलको व्यवस्था नहुँदा सर्वसाधारणहरुलाई ओहोरदोहोर गर्न निकै कठिनाइ हुने गरेको छ । सडक विभाग र भौतिक पुर्वाधार विकास मन्त्रालयले पनि जेब्राक्रस र आकाशे पुल राख्नतर्फ खासै चासो दिएको छैन् । कतैकतै जेब्राक्रस भइहालेपनि तिनीहरु मेटिसकेको अवस्था छ । अर्थ मन्त्रालयले जेब्राक्रस मर्मत गर्न वर्षेनि भारी छुट्याउने गर्दछ ।

नजिकनजिक आकाशे पुल बनाउन अर्थ मन्त्रालयले अर्बौ बजेट छुट्याएको छ । तर सडक विभागको हाकिम र ठेकेदारको मिलोमतोमा कमिशनको खेलमा झारा टाल्ने काम भइरहेको छ । यसमा भौतिक पुर्वाधार विकास मन्त्रालयको सिमित व्यक्तिको पनि हात छ । न जेब्राक्रसमा कलर लगाइएको छ न आकाशे पुल नै बनेको छ । अनि यत्रो बजेट गयाृ कँहा ? काम भने केही नगर्ने आएको बजेटजति सबै मिलेर कुम्ल्याउने यसरी देशविकासले गति लिन सक्छ । भक्तपुरको राधेराधे, जडीबुटी र तीनकुनेमा पुल बनाउने लागेको चार वर्ष बितिसक्यो ।
चार वर्षसम्म एउटा पुल निर्माण हुन सक्दैन भने यस्तो देशमा भएका नेताहरुले के गर्न सक्लान् । सरकारले पुल बनाउन बजेट पारित गर्ने ठेकेदार आधा काम गर्ने पैसा लिने अनि गायब । अहिले बनेको पुलहरुमा समेत कमशल सामान हालिएको छ । वर्षदिन नटिक्ने पुललाई अरर्बौं रुपिँया खर्च गरिएको छ ।

पुल बनाउने ठेकेदारले इन्जिनियरहरुलाई समेत किनिसकेको छन् । देशको उच्च ओहोदामा बस्नेहरुलाई जसले बढी कमिशन दिन्छ उसले ठेक्का पाँउछ । काम हेरेर होइन कमिशन हेरेर ठेक्का दिइन्छ । जेब्राक्रस नै हेरौ एक महिना अधि लगाइएको रड. महिना दिनमै मेटिसकेको हुन्छ । ठेकेदारहरुले गुणस्तरहीन, म्याद सिद्धिएको सामानको प्रयोग गर्छन् । एकदमै सस्तो सामान किनेर निर्माण गर्छन् अनि बिलचाहि तीन गुणा बढीको बनाउछन् । निर्माण व्यवसायीहरुले राजनितिक दललाई चन्दा दिएको र सरकारी कर्मचारीलाई दिएको घुस ठेक्काबाट उठाँउछन् । निर्माण व्यवसायीहरुले एक वर्षमा सिदयाउछु भनेर सरकारसंग सम्झौता गर्छन् । त्यही काम गर्न पाँच वर्ष लगाउँछन् । त्यहीमाथि वर्षैपिच्छे सरकारलाई बजेट थप्न लगाउछन् । जनताले तिरेको कर वालुवामा पानी हालेझै भएको छ । निर्माण व्यवसायीहरुले भ्रष्ट्रचार गरेर कमाएको सम्पत्ति न शुद्धीकरण विभागले छानबिन गर्छ ।

न त अख्तियार नै यिनीहरुले भ्रष्ट्रचार गरेर कमाएको सम्पति छानबिन गर्न अघि सर्छ । नेपालमा भएको अख्यिार नामको लागि मात्र हो । हजार रुपिँया घुस खाने पिऊनलाई अख्तियारले समातेर केके न गरि भन्छ । करौडौको भ्रष्ट्रचार गरेर खुल्ला रुपमा हिडिरहेकोलाई अख्तियारले केही गर्न सक्दैन् । माओवादी पक्षको अध्यक्ष पुष्पकमल दाहाल पनि ठेकेदारकै घरमा बस्छन् । जनताले तिरेको कर झ्याम बनाउने माफियाको घरमा दाहाल बस्छन् । एक वर्षमा सिद्धिने काम दश वर्ष लगाएर राज्य र जनता ठग्ने ठेकेदारको घरमा माओवादीको अध्यक्षले आफ्नो बासस्थान बनाएको छन् । हिजो जनताको छोराछोरीलाई आन्दोलनमा ल्याएर सरकारको गोली ख्बाएर जनताको छोराछोरी मार्ने । गरिबको छोराछोरीलाई विभिन्न आश्वासन दिएर गरिबको नारा लाउने अनि आफुचाहि एउटा दलालीको घरमा गएर बस्ने । आफ्नो राजनितिक अघि बढाउन हिजो त्यही ठेकेदारको विरोध गर्न लगाएर हजारौ नेपाली जनताको छोराछोरी मार्ने पुष्पकमल दाहाल नै हो ।

आज त्यही दलालीको घरमा गएर बस्ने दाहालको नियत कतिसम्म गिरेको रहेछ । अब आउने चुनावमा कुनकुन पार्टीलाई कँहा पुप्याउनुपर्छ भनेर जनताले नै बुझिसकेको छन् । २०४६ सालभन्दा अगाडि एक जोर चप्पल किनेर लाउन नसक्नेहरु पटकपटक देशको प्रधानमन्त्री र मन्त्री बने । यिनीहरुको अहिले रोपनीदेखि पाँच रोपनीसम्म बनेको घर छ । यिनीहरुले लवाइखवाइ हेर्दा त कुनै पुजीपति पुष्ठभुमिबाट आएको जस्तो देखिन्छ । यत्रो सम्पति यिनीहरुले कँहाबाट जोडे । यो सिधै भ्रष्ट्राचार नै हो । देशमा साच्चिकै विकास गर्ने हो भने २०४६ सालपछिका नेतादेखि वडाध्यक्षको सरकारी कर्मचारी छानबिन गर्नपर्छ । सरकारी कर्मचारीदेखि हरेक व्यवसायीको सम्पत्ति छानबिन गर्नुपर्छ । यिनीहरुले भ्रष्ट्रचार गरेर राखेको रकमबाटै देशविकास गर्न पुग्छ । आफ्नो पाँच पुस्तालाई पुग्ने सम्पत्ति जोडेर राखेको छन् । छानबिन गर्न अहिलेको सरकारले सक्दैन् । किन कि सरकारमा बस्नेहरुले नै भ्रष्ट्रचार गरेको छन् । आफ्नै पोल खुलिन्छ भनेर पनि छानबिन गर्दैनन् । तर जनताले पार्टीको कार्यकर्ता भएर झोला बोकेर हिड्दा पनि नेताहरुले यत्रो भ्रष्ट्रचार गरेको हो । आफुसंगै हिडेको कार्यकर्ताले काठ्माडौंमा घर बनाँउदाखेरि अर्को कार्यकर्ताले त्यसको विरोध गर्न सकेन् । केपी ओलीसंग थुनामा बसेको एमालेका कार्यकर्तालाई समेत केपीले बाँकी छोडेको छैनन् ।

आफ्नो छोरालाई जागिर लगाउन नसकेर पटकपटक ओलीको अगाडि हात फैलाउँदा पनि जागिर लगाउन नसकेपछि ती मान्छे करिब एक दशक अगाडि बल्खुमा रहेको एमालेको पार्टी कार्यालय अगाडि रुखमा झुन्डिएर मरेको थिए । ओलीले त्यतिखेर पनि मानवताको भावना देखाएनन् । नेपालमा नैतिकता बेच्न सक्ने मान्छेले मात्र गरिखान सक्दो रहेछन् भन्ने उदाहरण यहाँबाट लिन सकिन्छ । एमालेको झोला बोकेका, वर्षौसंगै थुनामा बसेको साथीलाई यस्तो गर्नु भनेको कति श्रमनाक कुरा थियो । राजनिति एउटा फोहोरी खेल मात्र हो । भ्रष्ट्रचार गर्नसक्ने माथि जान्छन् । भ्रष्ट्रचार गर्न नसक्नेले आफ्नो घरखेत सिद्धयाएको छन् कि त झुन्डिएर मरेको छन् । झुठो बोलेर, जनतालाई ढाटेर ठेकेदारसंग कमिशन खाएर मन्त्री, प्रधानमन्त्री बन्ने नेपालमा प्रशस्तै छन् । अहिले भएका सांसद् पनि त्यसकै पात्र हुन् । यिनीहरुको सम्पत्ति कति छ भन्ने कसैले सुइकोसमेत पाएको छैनन् । यिनीहरुले यत्रो सम्पत्ति कँहाबाट जोडे जनतालाई अत्तोपत्तो छैन् । खानलाई धौ धौ पर्ने परिवारबाट आएका व्यक्तिहरु अर्बौका मालिक कसरी बने ? जनताको नाम बेचेर प्रधानमन्त्रीदेखि मन्त्री बनेका छन् ।
सिधासाधी जनताको अगाडि गएर झुठा आश्वासन दिन यिनीहरुलाई लाज लाग्दैन् । आजसम्म कुनै पनि नेताले हामीले गरेर मँहगी बढ्यो भनेका छन् । कुनै राजनितिक पार्टीले हाम्रो कारण देशका युवाहरु खाडी जान बाध्य छन् भनेर कहिले भनेका छन् ।

जहिले गरिबको नाम बेचेर भ्रष्ट्रचार गरिरहने ? हाम्रो देशका नेताहरु कतिसम्म लाज पचेका छन् । नेपाली कांग्रेसको विगतका प्रधानमन्त्री शुशील कोइरालाले बैंकमा खाता नभएर हात तलब थापेको कुरा पनि अझै कतिलाई स्मरण नै होला । कृष्ण प्रसाद भट्टराई प्रधानमन्त्री पदबाट हट्दा एउटा छाता र ट्यांका लिएर वालुवाटारबाट बाहिरिए ।
यी दुई नेता मरेर गएपनि जनताले सम्झिरहन्छन् । अहिले जुनसुकै पार्टीको नेता प्रधानमन्त्री बन्दा यिनीहरु भ्रष्ट्रचारी हुन् भनेर जनताले निर्डर भएर खुलेआम भन्छन् । भ्रष्ट्रचार गरेर पैसा कमाएका छन् । विदेशीसंग ऋण लिदै जनताको टाउको थुपार्ने काम गर्छन् । यस्ता भ्रष्ट्रचारीलाई जनताले सबक सिकाउनैपर्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड