परिवारको ठूलो साथ पाएपछि स्तन क्यान्सरलाई जितिन ललितपुरकी विनुले — OSNepal

परिवारको ठूलो साथ पाएपछि स्तन क्यान्सरलाई जितिन ललितपुरकी विनुले

LC (KTM) October 24, 2021 0

ललितपुरकी विनु केसीले स्तन क्यान्सर भएपछि भारतमा उपचार गराइन् । अहिले उनले क्यान्सरलाई पूर्ण रूपमा जितिसकेकी छन् । क्यान्सर जित्न उनको परिवारको ठूलो साथ रह्यो । परिवारले साथ नदिएको भए क्यान्सरलाई जित्न धेरै कठिन हुन्थ्यो । क्यान्सर हुँदा निकै गाह्रो थियो । आफन्त घरमा आएर हौसला दिनुभन्दा रोइदिन्थे ।

आफन्त रुँदा उनको मनोबल खस्किन्थ्यो । यति साना बच्चा टुहुरो हुने भए भनेर अरूले भनेको सुनेपछि धेरै गाह्रो भएर बाथरुम छिरेर रोएको स्मरण गर्दै उनले भनिन्, “बिरामीलाई क्यान्सर शब्द सुन्नै मन लाग्दैन । क्यान्सरबाटै तीन जना सानिमालाई गुमाइसकेकी थिएँ । बिचरा भनिदिँदा निराश भइसकेको थिएँ ।”
१५ वर्षअघि क्यान्सर भनेको मृत्यु हो भन्ने थियो । त्यसैले विनु जतिदिन बाँचिन्छ बच्चासँग खुसी भएर बाँच्न चाहन्थिन् । मलाई भेट्न आउनेले बिचरा बर्बाद भो । यति सानो उमेरमा क्यान्सर लाग्यो तर भगवान् छन्, यति सानो बच्चालाई भगवान्ले टुहुरो बनाउँदैनन् भन्ने शब्द सुनेपछि असह्य भएको थियो ।

त्यो बेला हाँसिरहेकी मलाई धेरै गाह्रो भएको थियो । केसीले क्यान्सर रोगीलाई बिचरा होइन, हौसलाको खाँचो रहेको बताइन् । हाम्रो शक्ति भनेकै हौसला हो भन्दै उनले हौसला दिँदा एउटा युद्ध नै जिते जस्तो अनुभव रहने बताइन् ।

यस्तै नेपाल क्यान्सर सर्भाइभर सोसाइटीका अध्यक्ष प्रमिता खनालले पनि स्तन क्यान्सर जितिकेकी थिइन् । उनले पनि क्यान्सर रोगीलाई दया होइन, हौसला चाहिएको बताइन् । स्तन क्यान्सर हुँदा कतिपयको स्तन काटिएको भन्दै स्तनलाई जोगाएरै क्यान्सरको उपचार गर्नसकिने बताइन् । उनले राज्यले क्यान्सर रोगीलाई दिइँदै आएको खर्चमा वृद्धि गर्नुपर्नेमा जोड दिइन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर