छिटो अनुहारको दाग हटाउने यस्तो छ घरेलु उपाय ! — OSNepal

छिटो अनुहारको दाग हटाउने यस्तो छ घरेलु उपाय !

LC (KTM) October 24, 2021 0

सुन्दर तथा आर्कषक अनुहार कसको राजाईमा नपर्ला र ? बिभिन्न महंगो केमीकल युक्त शौन्दर्य प्रशाधनको प्रयोगले भएको अनुहारको शुन्दरता पनि हराएर झन् समस्या भएको आजभोली धेरैको गुनासो सुनिन्छ ।

आलु र कागती:एउटा आलुलाई ताछेर धुने त्यसलाई सफा सिलौटा या ब्लेन्डरमा आधी कागती काटी रस निचोरेर ६,७ थोपा ताछेको आलु सँगै मिलाई पिस्ने र आधी कागती काटी रस निचोरेर ६,७ थोपा ताछेको आलु सँगै मिलाउने अब यो मिश्रणलाई फेशवासले धोएको सुक्खा अनुहारमा बिशेष गरी दाग भएको एरीया लगायत अनुहार भरी लगाएर २० मीनेट राख्ने अनि सफा मनतातो पानीले धुने ।

आलु र काँक्रो:सबैभन्दा पहिला काँचो आलु र काँक्रोलाई पिस्ने र पिसिएको मिश्रणलाई दाग भएको ठाउँ तथा अनुहार भरी लगाउने यसलाई २५ मिनेटसम्म त्यसै छाड्ने अनी सफा मनतातो पानीले धुने ।

आलु र गोलभेंडा:काँचो आलुलाई ताछेर पिस्ने पिसिएको आलुमा पाकेको गोलभेंडाको रस निचोरेर पेष्ट बनाउने अनि माथि बताइृएअनुसार अनुहार भरी लगाएर २५ मिनेट छाड्ने र चिसो पानिले मुख धुने ।गोलभेंडाको अमिलोले दाग हटाउन तथा चमक ल्याउन महत्व राख्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर